• १८ पुस २०८१, बिहिबार

छायाँनाथ धाम जाने झोलुङ्गे पुल सञ्चालनमा

blog

चैना झोलुङ्गे पुलको उदघाटन समारोहमा सहभागी अतिथीहरु । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, कात्तिक १६ गते । छायाँनाथ धाम जानका लागि चैना खोलामा दुई महिनाअगाडि निर्माण सम्पन्न भएको झोलुङ्गे पुल शुक्रबारबाट सञ्चालनमा आएको छ । ऐतिहासिक धार्मिकस्थल पुग्नका लागी चैनाखोला मार्ग हुँदै जानुपर्ने बाध्यता हटाउन झोलुङ्गे पुल निर्माण गरिएको हो ।

छायाँनाथ मन्दिरमा भक्तजनलाई आउजाउ गर्न र सदरमुकाम गमगढी बजारमा भामवाडागाउँ , छत्यालवाडा, ढुम र चैनागाउँका स्थानीयलाई तरकारी बिक्री गर्न सहज हुने उदेश्यले चैना झोलुङ्गे पुल निर्माण गरिएको  छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताउनुभयो । छायाँनाथ मन्दिरमा भक्तजनलाई  र यहाँका स्थानीय तरकारी खेति गर्ने व्यावसायीलाई  चैनाखोलामा बर्खाको समयमा आउजाउ गर्न कठिन थियो अव  उक्त मार्ग हुँदै जानुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो। 

छायाँनाथ रारा नगरपालिकाको आयोजनमा प्रमुख अतिथि पुर्व कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीत बहादुर मल्लले शुक्रवार  चैना झोलुङ्गे पुल करिब एकसय ४७  मिटर लामो पैदल मार्गको उदघाटन  गरेपछि सञ्चालनमा आएको थियो ।

उद्घाटन समारोहमा  जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी,  जिल्लाका विभिन्न राजनीतिक दलका नेता त्यसैगरी स्थानीय जनप्रतिनिधि र श्रद्धालुको ठूलो उपस्थिति थियो ।

अब चैनाखोलामा कठीन यात्रा गर्ने  भक्तजन, तरकारी  व्यावसायी,स्थानीय लगायत  विद्यार्थीलाई उक्त खोलामा कठिन आउजाउ गर्ने बाध्यता हटेको छायाँनाथ रारा नगरपालिका वडा नं २ का स्थानीय अशिने हमालले बताउनुभयो ।