• २३ पुस २०८१, मङ्गलबार

दक्षिणमा सेनाको उपस्थिति बलियो बनाउँछौँ : लेबनानी प्रधानमन्त्री

blog

लेबनान, मङ्सिर ९ गते । लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले लेबनानी सेनाले दक्षिणमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने तयारी गरिरहेको लेबनानी प्रधानमन्त्रीले बताउनुभएको छ । 

प्रत्येक वर्ष नोभेम्बर २२ मा पर्ने देशले आफ्नो ८१ औँ स्वतन्त्रता दिवस मनाउने क्रममा मिकातीले यस्तो टिप्पणी गर्नुभएको हो । आर्मी कमाण्डर जनरल जोसेफ आऊनले लेबनानी सेनाले लेबनानमा संयुक्त राष्ट्रसङ्घको अन्तरिम बलसँगको प्रस्ताव १७०१ अन्तर्गत काम गरिरहने आश्वासन दिनुभयो । 

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ । लेबनानको राजधानी बेरुतको एक आवासीय भवनलाई लक्षित गरी शनिवार बिहान इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् । सिन्ह्वा