अनिल पराजुली
हेटौँडा, कात्तिक १५ गते । हेटौँडा उपमहानगरपालिका–१७ मा रहेको शिवम् सिमेन्ट प्रालिमा कार्यरत एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारत इलाहाबाद घर भएका २८ वर्षीय डा. बनवासीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ज्वरो आएर उपचारका लागि भाई लवकुश बनवासीले हेटौँडा अस्पताल लगेकामा उपचारको क्रममा डा.ले मृत्यु घोषण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । बनवासी सिमेन्ट उद्योगमा ठेकेदार मार्फत मजदुरी गर्दै आएका थिए ।