• २७ पुस २०८१, शनिबार

अवैध मदिरासहित भारतीय कार चालक नियन्त्रण

blog

अवैध मदिरासहित पक्राउ परेका चालक जितेन्द्रकुमार पासवान । तस्बिर: झापा प्रहरी

लीलाराज खड्का 

विर्तामोड, कार्तिक १३ गते। भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान अन्दाजी ९ बजे मेचीनगर ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ एफ ५०५१ नम्बरको भारतीय कारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले चेकजाँच गर्दा लुकाएर राखिएको ब्ल्याक माउन्टेन ह्विस्की २५४ बोतल, सुपर स्ट्रोङ बियर २४ बोतल बरामद भएको थियो।

बरामद मदिराको बजार मूल्य अन्दाजी एक लाख ९८ हजार ९ सय मूल्य  र गाडीको बिगोसमेत गरी आठ लाख ९८ हजार नौ सयको सामानसहित भारतीय चालक जितेन्द्रकुमार पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो।  

बरामद मदिरा र कारका बारेमा थप कानुनी कारबाहीका लागि सामान र व्यक्ति मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरी प्रवक्ता चन्दले बताउनुभयो।