उपत्यका व्यापी मेयर कप फुटबल गोदावरीमा
प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता वैशाख १५ गतेदेखि गोदावरीमा हुने भएको छ ।
भोजपुर गोल्ड कप : सलहेश सेमिफाइनलमा
सलहेश युवा क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जलेश्वरलाई मटिहानी मेयर कप उपाधि
प्रथम मटिहानी मेयर कप फुटबल प्रतियोगिताको उपाधि जलेश्वर फुटबल क्लबले उचालेको छ । मटिहानी नगरपालिकास्थित मटिहानी रङ्गशालामा सोमबार अबेर सम्पन्न फाइनल खेलमा जलेश्वरले एभरेष्ट एकेडेमी फुटबल क्लब सर्लाहीलाई पेनाल्टीमा ४–१ गोलले हरायो ।
कतारी अमिरको भ्रमणमा युवा तथा खेलकुद र शिक्षा क्षेत्रका समझदारीपत्रमा हस्ताक्षर हुने
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलि वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । दुई दिने भ्रमणका क्रममा उहाँ मङ्गलबार अपराह्न काठमाडौँ आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भोजपुर गोल्ड कप : भगवती स्पोर्ट्सको विजयी सुरुवात
भगवती स्पोर्ट्स क्लब खोटाङले सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
भोजपुर गोल्ड कप : आर्मीको विजयी सुरुवात
सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कपमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
एभर्टनको पोस्टमा चेल्सीको गोल वर्षा
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनको पोस्टमा चेल्सीको गोल वर्षा गरेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई ६० गोलले हरायो ।
म्यानचेस्टर सिटी शीर्षस्थानमा
म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले लुटन टाउनलाई ५–१ गोलले हराउँदै शीर्षस्थान कब्जा गरेको हो ।
इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण फुटबलको तयारी
नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्डको ‘सी’ टोलीसँग वैशाख २६ गते मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मैत्रीपूर्ण खेलका लागि आइतबार २८ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
आयोजक हिमालयलाई फुटबल उपाधि
आयोजक हिमालय सामुदायिक क्लब ‘ए’ ले दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बाँकेको खजुरा स्थित धौलागिरीमा भएको फाइनल खेलमा हिमालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई ६–१ गोलले हराउँदै उपाधि जितेको हो ।
बार्सिलोना र एट्लेटिको विजयी
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिड विजयी भएका छन् ।
आर्सनल र बायर्न बराबरीमा रोकिए
च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनल खेलको पहिलो लेगमा इङ्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिखले बराबरी खेलेका छन् ।
सुनसरीलाई वक्रकुण्ड गोल्डकपको उपाधि
वक्रकुण्ड गोल्डकपकोउपाधि सुनसरीले उचालेको छ । सोमबार भएको फाइनल खेलमा सुनसरीले इलामलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो ।
सहिद भीमनारायण गोल्डकप वैशाखमा
१६औं संस्करणको सहिद भीमनारायण गोल्डकप आगामी वैशाख २३ गतेदेखि हुने भएको छ ।
हेटौँडामा चौथो मेयर कप
हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडामा शनिबारबाट सुरु हुने चौँथौ हेटौँडा उपमहानगर स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेल उपमहानगरपालिका वडा नं. ३ र ११ बिच हुने भएको छ ।
आरसी एकेडेमीको विजयी सुरुवात
आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
आर्सनल शीर्षस्थानमा
घरेलु मैदानमा बुधबार राति भएको खेलमा लुटन टाउनलाई २-० गोलले हराउँदै आर्सनलले शीर्षस्थान कब्जा गरेको हो ।
‘सी’ डिभिजन लिग बिहीबारदेखि
शहिद स्मारक ‘सी’ डिभिजन लिग बिहीबारदेखि हुने भएको छ । तीन महिना चल्ने लिगमा १४ क्लबले ९१ खेल खेल्नेछन् ।
आर्मीलाई हराउँदै सुदूरपश्चिम–११ सेमिफाइनलमा
नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै सुदूरपश्चिम–११ तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
साहारालाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा
नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाफ महिला फुटबल टोली सम्मानित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाल स्पोर्ट्स फेलोसिपले सम्मान गरेको छ । गत फागुनमा भएको बाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको टोलीलाई आइतबार राति सम्मानपत्र र ७५ हजार रुपियाँबाट सम्मान गरिएको हो ।
बाँके फुटबलमा यु–१३ छनोटको उत्साह
बाँके जिल्ला फुटबल सङ्घले शनिबार गरेको यु–१३ छात्र–छात्रा फुटबल छनोट कार्यक्रममा उत्साह जनक रुपमा खेलाडीको सहभागिता देखिएको छ ।
तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता हुँदै
कपिलवस्तुमा प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ । १७ गतेदेखि बाणगंगा नगरपालिकामा मोफसल र ‘ए’ डिभिजन क्लबको सहभागिता हुनेगरी फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत बताइएको छ ।
मैत्रीपूर्ण खेलमा स्पेन र ब्राजिलको बराबरी
स्पेन र ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ३–३ गोलको बराबरी खेलेका छन् । स्पेनको म्याड्रिडमा मङ्गलबार राति भएको खेलमा घरेलु टोली स्पेनका लागि रोड्रीले दुई तथा ड्यानी ओल्मोले एक गोल गर्नुभयो ।