दुई हेभिवेट टिम फ्रान्स र बेल्जियम भिड्दै
युरोपेली च्याम्पियनसिप–२०२४ को प्रिक्वाटरफाइनलमै दुई उपाधि दाबेदार फ्रान्स र बेल्जियमको सामना हुँदै छ । यी दुई छिमेकी राष्ट्र विश्वका दुई हेभिवेट फुटबल टिम हुन् । फिफा फुटबल वरीयतामा फ्रान्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन् । यद्यपि यी दुवै टिमले चालु प्रतियोगितामा आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेका छैनन् । फ्रान्सका कप्तान तथा प्रमुख स्ट्राइकर किलियन एमबापेले पनि एक गोल मात्र गर्नुभएको छ । त्यो पनि पोल्यान्डविरुद्ध उहाँले पेनाल्टीमा सफलता पाउनुभएको थियो । कतारमा भएको विश्वकपमा आठ गोलसहित गोल्डेन बुट जित्ने एमबापेले युरोमा त्यही लय देखाउन सक्नुभएको छैन । यस प्रतियोगितामा फ्रान्सको अग्रपङ्क्तिमा खेल्ने शैलीलाई लिएर पनि आलोचना भइरहेको छ ।
दाबेदार स्पेनलाई नवप्रवेशी जर्जियाको चुनौती
समूह चरणमा तीनै खेल जितेपछि स्पेनलाई युरोपेली च्याम्पियनसिप–२०२४ को प्रमुख उपाधि दाबेदार मानिएको छ । आफ्नो यस छविलाई कायम राख्न क्वाटरफाइनलमा पुग्न स्पनेले आइतबार नवप्रवेशी जर्जियाको सामना गर्ने छ । जर्जिया समूह चरणको अन्तिम खेलमा पोर्चुगल जस्तो ठुलो टिमलाई हराएर नकआउटमा पुगेको हो । जर्जिया स्पेनविरुद्धको खेलमा अर्को स्तब्धकारी नतिजा निकाल्ने आशामा छ । यद्यपि समूह चरणमा गत विजेता इटालीलाई पनि हराएको स्पेनले प्रिक्वाटरफाइनलमा सहज प्रतिद्वन्द्वी पाएको छभन्दा फरक पर्दैन । गत वर्ष स्पेनले छनोट चरणमा जर्जियालाई दुई पटक सजिलै हराएको थियो । एक खेलमा स्पेनले जर्जियालाई ७–१ ले हराएर अपमानित गरेको थियो । जुन खेलमा गोल गरेर स्पेनका लामिने यमाल युरो छनोटमा सबभन्दा कान्छो गोलकर्ता बन्नुभएको थियो ।
जर्मनीलाई नकआउटको डर
युरोपेली च्याम्पियनसिप–२०२४ अन्तर्गत शनिबारदेखि नकआउट चरण सुरु हुने छ । नकआउट चरणको पहिलो दिन आयोजक जर्मनी र डेनमार्कबिच तथा इटाली र स्विट्जरल्यान्डबिच भिडन्त हुने छ । नकआउट चरणमा जर्मनी र डेनमार्कबिचको खेल दुई अपराजित टिमबिचको एक मात्र भिडन्त हो । स्कटल्यान्ड र हङ्गेरीलाई हराउनुका साथै स्विट्जरल्यान्डविरुद्ध बराबरीमा खेली जर्मनी समूह ‘ए’ विजेता बनेको थियो । डेनमार्क भने स्लोभेनिया, इङ्ग्ल्यान्ड र सर्भियासँग बराबरीमा खेलेर नकआउटमा पुगेको हो ।
खेलकुद क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले खेलकुद क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार भएको बताउनुभयो ।
‘बलिङलाई ब्याटिङ र फिल्डिङको साथ भएन’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी टी–२० विश्वकपमा ब्याटिङ र फिल्डिङमा अपेक्षाकृत प्रदर्शन नहुँदा जितको नजिक पुगेर पनि हार बेहोर्नु परेको बताउनुभएको छ । टी–२० विश्वकपमा सहभागी भई स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले बलिङ राम्रो भए पनि ब्याटिङ र फिल्डिङले साथ दिन नसकेको बताउनुभयो । आइसिसी विश्वकपमा नेपाल समूह ‘डी’ मा दक्षिण अफ्रिका र बङ्गलादेशसँग जितको नजिक पुगेर ब्याटिङ र फिल्डिङमा पनि निराश बनेको थियो । श्रीलङ्कासँगको खेल वर्षाले अनिर्णीत हुँदा नेपालले एक अङ्क जोडेको थियो । उहाँले दक्षिण अफ्रिका र बङ्गलादेश जस्ता ठुला टिमविरुद्ध मौका मिलेर पनि जित हासिल गर्न नसक्दा समर्थकलाई पीडा भएको अनुभव आफूले गरेको बताउनुभयो ।
स्काउट समयसापेक्ष हुन जरुरीः खेलकुदमन्त्री श्रेष्ठ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समयसापेक्ष हुन जरुरी रहेको बताउनुभएको छ । बुधबार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी
जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ ।
वडास्तरीय पुरुष भलिबलको उपाधि रम्भा–१ लाई
जिल्लाको रामपुर नगरपालिका–४, मा भएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रम्भा गाउँपालिका–१ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा रामपुर नगरपालिका–१० लाई ३–१ सेटले हराउँदै उपाधि जित्न सफल भएको हो ।
आजदेखि युरो फुटबल ‘फिभर’
विश्वकपपछिको बहुप्रतीक्षित फुटबल मेला मानिने युरोपियन फुटबल प्रतियोगिता शुक्रबार अबेर राति जर्मनीमा सुरु हुँदै छ । आयोजक जर्मनीले स्कटल्यान्डसँगको खेललगत्तै युरो कप प्रारम्भ हुने छ । विश्वकपपछि यो फुटबलको सबभन्दा ठुलो मेला हो तर फुटबल विशेषज्ञहरू युरोपेली प्रतियोगितालाई विश्वकपभन्दा पनि प्राविधिक रूपमा उच्चस्तरको मान्छन् । युरोपेली टिमको खेलस्तर अन्य महादेशको भन्दा उच्च भएकाले यस्तो मानिएको हो । त्यसैले छनोट प्रतियोगितादेखि नै युरोपेली फुटबलको चर्चा हुने गर्दछ ।
तोकिएकै मितिमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ : मन्त्री श्रेष्ठ
आगामी मङ्सिरमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल पूर्वाधारको स्थिति बुझ्न युवा तथा खेलकुद मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ ।
फुटबल खेलाडी प्रीति राई नगदसहित सम्मानित
राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राई नगदसहित सम्मानित हुनुभएको छ । शनिबार किराँत राई यायोक्खा सुनसरिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा खेलाडी राई नगदसहित सम्मानित हुनुभएको हो ।
नेपाल युएईसँग पराजित
फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स [युएई]ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
रामसीता मन्दिरलाई ब्रदर्स कपको उपाधि
प्रथम ब्रदर्स कपको उपाधि रामसीता मन्दिरले उचालेको छ । ब्रदर्स युथ सोसाइटी क्लब तम्घासको आयोजनामा सञ्चालित प्रथम ब्रदर्स कप राष्ट्रियस्तरको खुल्ला पुरुष फूटबल प्रतियोगितामा उपाधि प्राप्तिका लागि कोब्रा ग्रूप तम्घास र रामसीता मन्दिर गौंडाकोटबीच प्रतिस्पर्धा भएको हो ।
एफसी संघारी र न्यू दर्पण सेमिफाइनलमा प्रवेश
एफसी संघारी नेपालगन्ज र न्यू दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विश्वकप छनोट खेल्न नेपाली खेलाडी प्रस्थान
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्वकप छनोट दोस्रो चरण अन्तर्गत फुटबल खेल्न जाने नेपाली राष्ट्रिय टिमलाई आइतबार बिदाइ गरेको छ । नेपाली टिमले युएई र यमनसँग खेल्ने छ । नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरेबियाको दमाममा खेल्दै छ । एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङका अनुसार युएईसँगको खेल त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा हुने तय गरिएको भए पनि प्राविधिक कारणले हुन सकेन । एएफसी (एसियाली फुटबल महासङ्घ) ले दशरथ रङ्गशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरबको दमाममा खेल्ने तय भएको थियो । अध्यक्ष नेम्वाङले नेपाली खेलाडीले देशको प्रतिनिधित्व गर्दै राम्ररी खेली अङ्क बटुल्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
एफसी संघारी सेमिफाइनलमा प्रवेश
एफसी संघारी नेपालगन्ज बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रदेश गरेको छ ।
खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार आवश्यक : सांसद गर्बुजा
प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेल क्षेत्रको विकासका लागि व्यवस्थित पूर्वाधार संरचना आवश्यक रहेको बताउनुभएको छ ।
युनाइटेडले चुम्यो एफए कप उपाधि
युनाइटेडले सिटीसँग अघिल्लो वर्षको हारको बदला समेत लिएको छ । गत वर्ष युनाइटेडलाई २-१ गोलले नै हराउँदै सिटीले यस उपाधि उचालेको थियो ।
पीएसजीलाई फ्रेन्च कप उपाधि
फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । डेकाथलन एरिनामा शनिबार राति भएको खेलमा पीएसजीले लियोनलाई २–१ गोलले हरायो ।
चौंथो सिन्धुपाल्चोक तेक्वान्दो प्रतियोगितामा जाल्पा मावि विजयी
चौंथो सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा सुनकोशी गाउँपालिका–७ कोठेस्थित जाल्पा माध्यमिक विद्यालयका छात्रछात्रा प्रथम भएका छन् ।
नेपाल र युएईबिच खेलको ‘न्युट्रल भेन्यु’ साउदी अरेबिया
यसअघि दशरथ रङ्गशालामा जेठ २४ गतेका लागि तय भएको फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिचको खेल साउदी अरेबियामा हुने भएको छ ।
जर्मनीमा काठमाडौँ किकर्स च्याम्पियन
नेपालको काठमाडौँ किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित यूथ लिग भीआर बैङ्क कपमा यु–१४ तर्फको उपाधि जितेको छ ।
नवलपुर जिल्ला लिग फुटबल सुरु
नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । जिल्ला सदरमुकाम कावासोतीको वडा नं. १२ राजमन्दिरको मैदानमा सुरु भएको प्रतियोगिता जेठ १८ गतेसम्म चल्ने छ ।
सिटीलाई लगातार चौथो पटक प्रिमियर लिग उपाधि
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा वेस्टहाम युनाइटेडलाई ३–१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।