• ८ असार २०८१, शनिबार

एफसी संघारी र न्यू दर्पण सेमिफाइनलमा प्रवेश

blog

कमल खत्री
धम्बोझी, जेठ २१ गते ।
एफसी संघारी नेपालगन्ज र न्यू दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एफसी संघारीले सिटी युथ क्लब कोहलपुरलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दैै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । अर्को खेलमा न्यू दर्पणले न्यू नलेज स्पोट्र्स क्लबलाई ४–० ले हरायो ।

अब सेमिफाइनलमा एफसी संघारीले सोमबार नेपालगन्ज–११ स्पोटिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । न्यू दपर्णले कंचनजंगा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार कोहलपुरस्थित १३ बिगाह फुटबल मैदानमा एफसी संघारीका उमेश बुढाथोकीले ४०औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनुभएको थियो । तर सिटी युथका क्षितिज थापा मगरले ४८औं मिनेटमा गोल गदै खेल बराबरी गनु भएको थियो । टाइब्रेकरमा एफसी संघारीका नरेन्द्र शाह, रोहन खत्री, नन्दलाल पुन मगर, अमर श्रेष्ठले गोल गर्नुभएको थियो । सिटीको तर्फबाट क्षितिज थापा मगर, टेकेन्द्र विसी र हेमन्त घर्तीले मात्र गोल गर्नुभयो ।

अर्को खेलमा न्यू दर्पणको जितमा सुदिप विकले १८औं मिनेट, हनव सुनारले २९औं मिनेट, अभय थापाले ३७औं मिनेट र विधान सुनारले ६९औं मिनेटमा गोल गर्नुभएको थियो । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।

प्रतियोगितामा नेपालगन्ज –११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यू दपर्ण युवा स्पोट्र्स क्लब, न्यू नलेज स्पोट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको छ ।