• ७ असार २०८२, शनिबार

कञ्चनपुरमा लागुऔषध दुरुपयोगविरुद्ध साताव्यापी कार्यक्रम

blog

लागुऔषधविरुद्धको सप्ताहव्यापी कार्यक्रममा सहभागीहरू । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, असार ७ गते ।
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरपारी कञ्चनपुरमा साताव्यापी कार्यक्रम अगाडि बढाइएको छ । ‘नगरौँ लागुऔषधको दुर्व्यसन, नफालौँ अमूल्य जीवन’भन्ने मूल नाराका साथ सदरमुकाम महेन्द्रनगरदेखि साताव्यापी कार्यक्रम अगाडि बढाइएको हो ।

कार्यक्रमको पहिलोदिन शुक्रबार महेन्द्रनगरस्थित बसपार्कमा गैरसरकारी संस्था महासङ्घ कञ्चनपुरले बस व्यवसायी, यात्रु, चालक, सहचालक, कर्मचारीहरूलाई सचेतीकरण कार्यक्रमको आयोजना गरेको थियो । दोस्रो दिन शनिबार स्वीट नेपाल तथा बोर्डर क्षेत्रमा रहेका संस्थाहरुले सीमा क्षेत्रमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् ।

जिल्लामा विभिन्न सङ्घसंस्थाहरूले असार १२ गतेसम्म अभिभावक विद्यार्थीहरूमा सचेतना, पुर्नस्थापना केन्द्रमा अनुगमन, विश्व विद्यालयका क्यान्टिनहरूमा अनुगमन, लागुऔषधको अवस्था र यसको समुल अन्त्यका बारेमा जानकारी गर्ने कार्यक्रमहरू अगाडि बढाइएको जिल्ला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो ।

कार्यक्रमको सहजीकरण प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले युवा कुलतमा फस्नु दुभाग्यपूर्ण भएकाले युवाहरूलाई उत्पादन मुलक क्षेत्रमा आफ्नो समय खर्चिनुपर्नेमा जोड दिनुभयो । उहाँले लागु पदार्थको सञ्चिति, ओसारपसार, सेवन, बेचबिखन लगायतका गतिविधिलाई निर्मुल पार्न अभियान परिणामुखी हुनुपर्ने बताउनुभयो । लागुऔषधलाई जरैदेखि समाप्त पार्नका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम अगाडि बढाइएको एनएनएसडब्लुएका प्रभुनिधि पन्तले बताउनुभयो ।