धरानले जित्यो चाँगे माछापोखरी गोल्डकप उपाधि
आइतबार भएको फाइनलमा डाँडाबजार धनकुटालाई पराजित गर्दै मरिक फुटबल क्लब धरानले आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । डाँडाबजार धनकुटालाई २–० गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।
राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान
कृषि तथा पशुपन्क्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
‘खेलकुदले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै’
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेलकुदले सङ्गठन र राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभएको छ ।
घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता
फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाल र बहराइन भिड्दै
फिफा विश्वकप–२०२६ र एएफसी एसिएन कप छनोटको दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहीबार) राति बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल बहराइनको राष्ट्रिय रङ्गशाला नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
दशरथ रङ्गशालाको संरक्षण राखेप आफैँले गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको खेलमैदान संरक्षण आफैँले गर्ने भएको छ ।
बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा मङ्गलबारदेखि नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ ।
लिभरपुललाई हराउँदै युनाइटेड सेमिफाइनलमा
बलियो प्रतिद्वन्द्वी लिभरपुललाई उसैको मैदानमा अतिरिक्त समयमा ४–३ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोखुले जित्यो वडास्तरीय भलिबल उपाधि
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–६ नाल्बुमा सम्पन्न वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि फुङ्लिङ नगरपालिका–८ दोखुले जितेको छ ।
सिटी एफए कपको सेमिफाइनलमा
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा अर्को प्रिमियर लिग टोली न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै सिटीले सेमिफाइनलमा स्थान बनाएको हो ।
एनआरटीलाई बुढासुब्बा गोल्डकप उपाधि
धरान–१६ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले साङ्ग्रीला मोरङ फुटबल क्लबलाई २–१ गोलले हरायो ।
वाफ उपविजेतालाई गुरुङको १० लाख
साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यमबहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपियाँ प्रदान गर्नुभएको छ ।
बुढासुब्बा गोल्डकप : काँकडभिट्टालाई हराउँदै एनआरटी फाइनलमा
न्यूरोड टिम (एनआरटी) धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एट्लेटिको र बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्ड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुढासुब्बा गोल्डकप : आयोजकलाई हराउँदै मोरङ फाइनलमा
मोरङ फुटबल क्लब धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा मोरङले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।
एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको आदेश
फुटबलमा अनावश्यक पदाधिकारी मलेसिया भ्रमणमा गएपछि युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरेको छ ।
आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा एफसी पोर्टोलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो ।
मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले शुक्रबार मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।
चेल्सीको प्रतिस्पर्धात्मक जित
चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई ३–२ गोलले हरायो ।
इशारामा फुटबल खेल्दै सुस्तःश्रवण भएकाहरू
सुस्तःश्रवण भएका (बहिरा खेलाडी) कसरी फुटबल खेल्न सक्छन् रु धेरैलाई उत्सुकता लाग्ने विषय हो । उनीहरू मज्जासँग फुटबल खेल्छन् ।
बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० गोलले हराउँदै मोरङ जिल्ला फुटबल क्लब २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
महिला फुटबलरको सफलता सराहनीय : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कठिन अवस्थामा नेपाली महिला फुटबल खेलाडीले प्राप्त गरेको सफलता सराहनीय भएको बताउनुभएको छ ।
लिभरपुल र सिटी बराबरीमा रोकियो
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दाबेदार लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले सिटीसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । यस बराबरीले दुवै टोलीलाई घाटा पुगेको छ भने शीर्ष टोली आर्सनललाई फाइदा पुगेको ।
बङ्गलादेशलाई साफ यु–१६ महिला च्याम्पियनसिप उपाधि
साफ यु–१६ महिला च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बङ्गलादेशले भारतलाई टाइब्रेकरमा ३–२ गोलले हरायो ।