काठमाडौँ, साउन २९ गते । नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबिच दशरथ रङ्गशालामा मङ्गलबार जारी एएफसी च्यालेन्ज लिग प्रारम्भिक चरणको प्लेअफको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ ।
खेलमा सुरुवाती अग्रता चर्च ब्वाइजले लिएको थियो । ३८औँ मिनेटमा लाकेन लिम्बुको गोलमा चर्च ब्वाइजले अग्रता लिएको थियो । तर, लगत्तै पारोका कर्मा क्षेत्रीमले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
निरन्तर झरीका कारण हिलाम्मे दशरथ रङ्गशालामा दुवै टोलीले राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।