काठमाडौँ, साउन २६ गते । पेरिस ओलम्पिक–२०२४ मा पुरुष फुटबलको स्वर्ण पदक स्पेनले जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा स्पेनले आयोजक फ्रान्सलाई ५–३ गोलले हराउँदै स्वर्ण जितेको हो ।
स्पेनले अतिरिक्त समयमा गोल गर्दै स्वर्ण जितेको हो । स्पेनले पुनरागमन जित निकालेको हो । स्पेनको जितमा फर्मिन लोपेज र सर्जियो क्यामेलो दुई दुई गोल गर्नुभयो । अर्को गोल एलेक्सन बेनाले गर्नुभयो ।
फ्रान्सका लागि एन्जो मिलोट, म्याग्नेस अक्लिउचे र जीन फिलिप माटेटाले गोल गर्नुभयो । यस्तै कांस्य पदक मोरोकक्कोले जितेको छ । मोरोक्कोले इजिप्टलाई ६–० गोलले हराउँदै कांस्य जितेको हो । एजेन्सी