काठमाडौँ, साउन २६ गते । दशरथ रङ्गशालामा भदौ २ गतेदेखि १२ गतेसम्म आयोजना हुने साफ यु–२० फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
खिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शनिबार २३ सदस्यीय युवा टोलीको घोषणा गरेको हो । च्याम्पियनसिपमा ६ देशको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ बाट भारत, माल्दिभ्स र भुटान रहेका छन् । नेपाल र श्रीलङ्काले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीमा जियारथ शेख र कृषल मोक्तान (गोलरक्षक), विशाल केसी, सीमान्त थापा, अश्विन घोरा, सैनीविक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जनप्रकाश बम, लचु थापा, नीरज कार्की, हरिश राज भट्ट, धर्बेन्द्र कुँवर, अनिल बम्जन, समीर तामाङ, नीराजन धामी र रोहन खड्गी रहनुभएको छ ।