• ८ असार २०८१, शनिबार

तोकिएकै मितिमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ : मन्त्री श्रेष्ठ

blog

प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गर्दे युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलगायत । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी
सुर्खेत, जेठ २८ गते ।
आगामी मङ्सिरमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल पूर्वाधारको स्थिति बुझ्न युवा तथा खेलकुद मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ ।

उक्त टोलीले सोमबार बिहान वीरेन्द्रनगर स्थिति निर्माणाधीन गौरवको आयोजना प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कर्णालीले पहिलो पटक यतिठुलो संरचना बनाइरहेको भन्दै प्रशंसा गर्नुभयोे ।

‘‘कर्णालीले जमर्को गरेर १०औँ राष्ट्रिय खेलकुदलाई महाेत्सव मनाउन अपिल गर्दछु,’’ उहाँले भन्नुभयोे, ‘‘यही अवस्थामा खेलकुद हुन्छ कि हुन्न भन्ने आशङ्का पनि छ । तर म भन्छु यो प्रश्न नै गलत छ । १० औँ राष्ट्रिय हुन्छ, गर्नुपर्छ ।’’

मन्त्री श्रेष्ठले २०८१ मङ्सिरमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने भएकाले पूर्व तयारीका लागि आवश्यक परामर्शका लागि सुर्खेत पुगेर रङ्गशालाको अवलोकन गर्दै तयारीमा जुटेको बताउनुभयो । संरचना निर्माणको सन्दर्भमा सङ्घले बजेट दिन नसकेको उहाँले स्वीकार गर्नुभयो । उहाँका अनुसार केन्द्रले १० करोड छुट्याउन खोजेको थियो । तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको छ । उहाँले कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरू र सरोकार निकायसँग पनि छुट्टै छलफल गर्नुभएको छ ।