• १६ भदौ २०८१, आइतबार

साफ यु–२० फुटबल : बङ्गलादेश फाइनलमा, नेपालसँग उपाधि भिडन्त

blog

बङ्गलादेश टोली । फाइल तस्बिर

काठमाडौँ, भदौ १० गते । साबिक विजेता भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा बङ्गलादेशले बाजी मारेको हो ।

टाइब्रेकरमा भारतको पहिलो प्रहार बङ्गलादेशका गोलरक्षकले विफल पार्नुभएको थियो । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो । फाइनलमा बङ्गलादेशले आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमै ४–१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । नेपाल र बङ्गलादेशबिचको फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुनेछ ।