‘रोड थ्रिलर’ विधामा बन्यो ‘बाटो : रोड टु डेथ’
नेपालमा पछिल्लो समय फरक-फरक विधामा चलचित्र बनिरहेका छन् । सामाजिक, हास्य विधामा बन्ने चलचित्रको सङ्ख्या बढी भए पनि केही निर्देशकले नयाँ विधा दर्शकसामु ल्याइरहेका छन् ।
वेब सिरिज ‘साहु बा’
टेलिशृङ्ला र टेलिफिल्म निर्माण न्यून बन्दै गएको बेला दर्शकबिच अहिले वेब सिरिज लोकप्रिय बनेका छन् । राजधानीमा मङ्गलबार ‘साहु बा’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । सिरिजमा अभिनेतृ प्रियङ्का कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बाँस्तोलालगायत कलाकारको अभिनय रहेको छ ।
‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा १० देशका २८ चलचित्र प्रदर्शन हुने
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा हुने ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ मा प्रदर्शनका लागि १० देशका २८ चलचित्र, वृत्तचित्र र लघु चलचित्र छनोट भएका छन् ।
‘पेन्सनपट्टा’ फिल्मको तयारीमा माओत्से गुरुङ
निर्देशक तथा अभिनेता माओत्से गुरुङ नयाँ फिल्मको तयारीमा जुट्नुभएको छ । उहाँ ‘पेन्सनपट्टा’ नामक फिल्मको तयारीमा लाग्नुभएको छ । मङ्सिर पहिलो सातादेखि पोखरा आसपासमा छायाङ्कन गरिने फिल्मका कलाकार भने तय भइसकेका छैनन् ।
प्रवर्धनमा ‘सतीदेवी’
लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । छोरी मात्रै जन्मिँदा समाजले हेर्ने दृष्टिकोण, अभिभावकले गर्ने भेदभाव तथा छोरीले आफ्नो परिवारका लागि उठाउने जोखिमका विषयलाई मुख्य रूपमा प्रवर्धनमा समेटिएको छ । निर्देशक सुवेदीकै लेखन र निर्माण रहेको चलचित्रको शीर्ष भूमिकामा मलिका महत हुनुहुन्छ । हर्षिका वली र मञ्जिला बानियाँ बालकलाकार रहेको सो चलचित्रमा कुलबहादुर अधिकारी, सिर्जना अधिकारी, रमेश बुढाथोकी, भोलाराज सापकोटा, सन्दीपबाबु लोहनी, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटालगायतको अभिनय छ ।
‘खुर्सानीलाई बियाँ’ सार्वजनिक
गायक राजनराज शिवाकोटी र गायिका सदीक्षा कट्टेलको स्वरको ‘खुर्सानीलाई बियाँ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजेन्द्र थापाको शब्द र राजनराजको सङ्गीत रहेको म्युजिक भिडियोलाई प्रसन्न पौडेल र प्रचण्ड पौडेलले निर्देशन गर्नुभएको छ । भिडियोमा यशराज गराच, सामरिका ढकाल, अनिशा न्यौपाने र सरोज प्रजाको अभिनय छ ।
‘खुर्सानीलाई बिया’ सार्वजनिक
गायक राजनराज शिवाकोटी र गायिका सदिच्छा कट्टेलको स्वरमा रहेको गीत ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र राजनराजको सङ्गीत छ ।
‘द स्कुल वाल’ र ‘पाउलो’ किनो फेस्टिभलको फाइनलमा
लघु चलचित्र ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलको फाइनलमा पुगेको छ । सेप्टेम्बर १२ देखि १६ सम्म रसियाको क्रेस्टोभय ५ मा आयोजना हुने चलचित्र महोत्सवमा नेपालको अर्को लघुचलचित्र ‘पाउलो’ पनि छनोट भएको छ ।
‘पचेडा’ चेपाङ जीवनी
चेपाङ जङ्गलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? यसै जिज्ञासाको उत्तर खोज्दै निर्माण गरिएको वृत्तचित्र ‘पचेडा’ को प्रचार सामग्री सार्वजनिक गरिएको छ । वृत्तचित्र ‘पचेडा’ का निर्देशक दीपेन्द्र केसीका अनुसार वृत्तचित्रमार्फत सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको सङ्घर्षको कथालाई जस्ताको त्यस्तै देखाउने कोसिस गरिएको छ । वृत्तचित्रमा सन्तलाल चेपाङको कथा देखाइएको छ । उक्त कथालाई निर्देशकले तीन भागमा खिच्नुभएको छ ।
हमालको ‘यो नेपाली शिर उचाली’
महानायक राजेश हमालको नयाँ टेलिभिजन सो ‘यो नेपाली शिर उचाली’ को प्रसारण सुरु भएको छ । कार्यक्रममा हमालले विदेशी भूमिमा सङ्घर्ष गरी गर्व गर्न लायक काम गरेका नेपालीसँग उनीहरूको कर्मथलोमै पुगेर साक्षात्कार गर्ने छन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीको कथाबाट सुरु हुँदै छ । कार्यक्रमको पहिलो भागको टिजर आफ्नो फेसबुक पेजमा सेयर गर्दै प्रस्तोता हमालले लेख्नुभएको छ, ‘कार्यक्रम हेरिसकेपछि तपाईंले पनि भन्नुहुने छ ‘यो नेपाली शिर उचाली’ ।
दलित वेदनामाथि पुजार सार्की
नेपाली समाजमा छुवाछुत, विभेद व्याप्त छ । धर्म, संस्कृति र परम्पराका नाममा यस्ता मानवीय संवेदनाहीन थिति पाइन्छ । यसै विषयलाई लिएर नेपाली चलचित्र बेलाबखत निर्माण हुँदै आएको छ । पछिल्लो पटक पुजार सार्कीले यही सामाजिक विषयवस्तुलाई जोडतोडसाथ उठाएको छ । नेपालमा दलित विषयमा निर्माण भएको सम्भवतः पहिलो चलचित्र हो ‘रगत’ । ‘बाटोमुनिको फूल’ ‘पण्डित बाजेको लौरी’, ‘प्रकाश’ जस्ता चलचित्रले समेत दलितको कथा, व्यथा, पीडा र वेदनालाई दर्शकसम्म पु¥याउने जमर्को गरेका थिए ।
हलमा दुई नयाँ चलचित्र
चलचित्र ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ शुक्रबारदेखि राजधानीमा प्रदर्शन सुरु भएको छ । नवीन सुब्बा निर्देशित र दयाहाङ राईको शीर्ष भूमिका रहेको ‘गाउँ आएको बाटो’ ले गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गरेको छ । चलचित्र किराँत राई समुदायमा आधारित भए पनि बुवाले छोरालाई हुर्काउन गर्ने सङ्घर्षको कथा हो । नवीन सुब्बा र महेश राईले मिलेर लेखेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ ।
नेपाली चलचित्रले बजार लिँदै
पोखरामा एक समय थियो, दुई/तीन महिनासम्म एउटै चलचित्र चल्थ्यो, ब्लाकमा पनि टिकट बिक्थ्यो । सिङ्गल स्क्रिन हलमा चलचित्र हेर्नेको ताँती लाग्थ्यो । धेरैजसो चलचित्र हिन्दी हुन्थे । अहिले समय बदलिएको छ । पोखराका आधाभन्दा बढी सिङ्गल स्क्रिन हल बन्द छन् । दर्शकको रोजाइमा नेपाली चलचित्र पर्न थालेका छन् ।
नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु
चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । झाँकी प्रदर्शन, विशेष सांस्कृतिक प्रस्तुतिसहित महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा रानाले गर्नुभयो ।
गौरव र क्विन्सीलाई उपाधि
‘नन्दिनी अर्गानिक मिस्टर एन्ड मिस एसइई सुपर मोडल २०२४’ को उपाधि गौरव सिटौला र क्विन्सी श्रेष्ठले जित्नुभएको छ । एभरेस्ट इभेन्ट्सद्वारा राजधानीमा आयोजित प्रतियोगितामा उहाँहरूले ९३ प्रतिस्पर्धीलाई उछिन्दै उक्त उपाधि जित्नुभएको हो । पुरुष र महिला गरी दुई भिन्न टाइटलका लागि भएको प्रतिस्पर्धामा अवय खड्गी र जेसिकासिंह ठकुरी फस्र्ट रनरअप, विशेष श्रेष्ठ र मिमोसा राई सेकेन्ड रनरअप, शिशिर रेगामीमगर र एन्जल थापामगर थर्ड रनरअप तथा सहारा लामा फोर्थ रनरअप हुनुभएको छ । प्रतियोगितामा दीपशान्त नेपाली र कुसुम गुरुङ आयोजक छनोट, आदित्य गौतम र अप्सना पन्त ब्रान्ड एम्बेसडर, उक्रिशा मुधवारी ब्युटी विथ ब्रेन, निश्चल खत्री, रोजिना कार्की र रञ्जिता कर्माचार्य मस्ट पपुलर र कुसुम गुरुङ तथा छसुम राईले भ्युअर्स च्वाइस अवार्ड जित्नुभएको छ ।
‘भिडियो पसल’ एपमा ‘प्रकाश’
नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’ ‘भिडियो पसल’ एपमा सार्वजनिक गरिएको छ । सामाजिक यथार्थमा आधारित ‘प्रकाश’ का दर्शकले चलचित्रको कथावस्तु, सन्देश र कलाकारको अभिनयलाई मन पराएका थिए । कर्णालीको रहनसहन र जीवनशैलीलाई लिएर तयार पारिएको चलचित्रमा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको सङ्घर्षको कथा छ । चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
प्रेमको मनोविज्ञानयुक्त ‘कैसा मन मस्ताना प्यारे’ गीतसङ्ग्रह प्रकाशित
गीतकार डा हेमन्त खतिवडाद्वारा लिखित हिन्दी गीतसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’ (कस्ता रमाइला मेरा प्रिय) प्रकाशन भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई समेटिएको छ ।
फिल्मसिटी निर्माण पर्यो ओझेलमा
राष्ट्रिय गौरव मानिएको दोलखाको भीमेश्वर नगरपालिका–९ लाँकुरीडाँडा स्थितको पर्यटकीय गन्तव्य समेत रहेको डाङडुङेको फिल्मसिटी निर्माण ओझेलमा परेको छ ।
पर्वतीय चलचित्र महोत्सव सम्पन्न
काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सम्पन्न भएको छ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को प्रदर्शनबाट सुरु भएको महोत्सव टासी ल्हाम्जोम निर्देशित ‘नो मोनास्ट्री नो भिलेज’ प्रदर्शनसँगै सम्पन्न भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिएका थिए ।
किनो फेस्टिभलमा ‘द स्कुल वाल’ र ‘पाउलो’
लघुचलचित्र ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित ‘द स्कुल वाल’ मा श्लोक साह मुख्य भूमिकामा हुनुहुन्छ । अन्य कलाकारमा सुवासप्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्रप्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतमलगायत हुनुहुन्छ ।
पर्यटन प्रवर्द्धनका लागि दाङमा चलचित्र बहस
चलचित्र पत्रकार सङ्घ दाङले पश्चिम दाङको शान्तिनगर-३ सुकेकोटमा शनिबार ‘पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस’ गरेको छ ।
अग्रज कलाकारलाई सम्मान
पुतलीबजार नगरपालिका-१ स्याङ्जामा अग्रज कलाकार एवम् स्रष्टालाई सम्मान गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ स्याङ्जाले आठौँ वार्षिक साधारण सभा एवम् चौथो अधिवेशनका अवसरमा जिल्ला अग्रज कलाकार एवम् स्रष्टालाई सम्मान गरेको हो ।
अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान
गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँलाई नगद रु ५१ हजारसहित उक्त सम्मान प्रदान गरिएको हो ।
बुहारीको पीडा ‘बहुरानी’
गीतकार प्रमिला बस्नेतको शब्द तथा शङ्कर थापा ‘स्माइल’ को सङ्गीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । एउटा बुहारीको भूमिका परिवारमा धेरै महìवपूर्ण हुँदाहुँदै पनि बुहारीले भोग्नुपर्ने समस्यालाई अलिकति भए पनि मलम लगाउने प्रयास स्वरूप ‘बहुरानी’ निर्माण गरिएको छ ।