• १२ असोज २०८१, शनिबार

‘मोदीबेनी’ को प्रिमियर

blog

काठमाडौँ, साउन १८ गते । चलचित्र ‘मोदीबेनी’ को बिग मुभिजमा बुधबार प्रिमियर गरिएको छ । 

प्रतिनिधि सभा सदस्य सोविता गौतमले चलचित्रको प्राविधिक र रचनात्मक काम मन परेको बताउनुभयो । चलचित्रमा वर्षा शिवाकोटी, अमरप्रताप श्रेष्ठ, रेजिना उप्रेती, प्रवीण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराईलगायतको अभिनय रहेको छ । चलचित्रका निर्देशक शङ्कर कोइरालाका अनुसार मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथामा चलचित्र निर्माण भएको छ ।