• १२ असोज २०८१, शनिबार

‘सतीदेवी’ को ट्रेलर सार्वजनिक

blog

काठमाडौँ, साउन २० गते । निर्देशक लक्ष्मण सुवेदीको नयाँ सिनेमा ‘सतीदेवी’ को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरमा महिला सशक्तीकरण, पारिवारिक उल्झन, सामाजिक सोच तथा छोरीले आफ्नो बाबुआमाको खुसीका लागि गर्ने तपस्याको विषय निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ । छोरा पाउने चाहनामा छोरी छोरी जन्मिएका अभिभावकले समाज, छरछिमेक, आफन्तीबाटै पाउने अपहेलना, अवगाल तथा होच्याइँ र हेलाको प्रशङ्ग निकै हृदयस्पर्शी रूपमा चलचित्रमा देखाइएको छ ।

चलचित्रमा मलिकासँगै बालकलाकारद्वय हर्षिका वली र मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सिर्जना अधिकारीलगायतको अभिनय रहेको छ ।

निर्देशक सुवेदीकै लेखन, गीत र निर्माणसमेत रहेको चलचित्रको छायाङ्कन बाबु श्रेष्ठले गर्नुभएको छ भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र देव महर्जनको एक्सन रहेको छ ।