• ११ पुस २०८१, बिहिबार

नेपालमा ‘मिस माल्टा’

blog

काठमाडौँ, साउन १५ गते । मिस नेपालको ‘ग्रान्ड फिनाले’ मा सहभागी हुन मिस माल्टा चेरिस स्पिटेरी सोमबार नेपाल आइपुग्नुभएको छ । मिस नेपालको अन्तिम प्रतिस्पर्धा राजधानीमा शनिबार हुँदै छ ।

दी हिडन ट्रेजरको निम्तोमा मिस माल्टा चेरिस नेपाल आउनुभएको हो । एक साता लामो भ्रमणका लागि मिस माल्टा चेरिससहित पाँच जना आउनुभएको छ । उहाँको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि पन्चै बाजासहित पुग्नुभएको थियो । नेपालको पर्यटन प्रवर्धक प्रकाश भण्डारीका अनुसार मिस माल्टा चेरिसको भ्रमणले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भ्रमण टोलीमा मिस माल्टा चेरिससहित केस्टर्न बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु हुनुहुन्छ ।

नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक कार्य गर्ने बताइएको छ । मिस माल्टाको टोली चितवनसहित विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने छ ।