• १२ असोज २०८१, शनिबार

बजारमा ‘बजाउँदै चुरा’

blog

काठमाडौँ, साउन २५ गते । प्रदीपकुमार रसाइलीको निर्देशनमा तिज गीतको भिडियो ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सो गीतमा गीता अधिकारी र सारिका घिमिरेको स्वर रहेको छ । गीतमा योगेश काजी शाहको सङ्गीत, सोमिक गौतमको छायाङ्कन र अमृत चापागाईंको सम्पादन रहेको छ । भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारको अभिनय रहेको छ ।

यसै गरी शर्मिला मल्ल, अन्जली अधिकारी र एलिशा शर्मा अभिनित तिज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ बिहीबार सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द, शङ्कर थापा ‘स्माइल’ को सङ्गीत र नीता आचार्यको स्वर रहेको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।