• १२ असोज २०८१, शनिबार

मोतिराज खनालको तीज गीत “नक्कले साँईली” सार्वजनिक

blog

काठमाडौँ, साउन १९ गते । हिन्दु नारीहरुको हरितालिका तीजको पूर्वसन्ध्यामा गायक तथा सर्जक मोतिराज खनालको नयाँ तीज  गीत “नक्कले साँईली” सार्वजनिक भएको छ । गीतको शब्द, संगीत स्वयम खनालकै रहेको छ भने  गीतमा स्वर खनाल र अहिलेकी चर्चित बाल गायिका कल्पना विष्टको रहेको छ । धेरै गीतहरुबाट चर्चा कमाइ सकेकी गायिका कल्पनाले पहिलो पटक तीजको गीतमा आवाज दिनुभएको हो ।

इरा स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन रमेश सेन्चुरीले गर्नुभएको छ । यस्तै सुरज खनालको निर्देशमा भुवन के पोखरेल, अनिल पौडेल, जुना कार्की र सुबुही शाहीको अभिनय रहेको छ । भिडियो छायाङ्कन शिव विकले गर्नुभएको छ भने कोरियोग्राफी देवेन्द्र कुँवरले गर्नुभएको छ । यस्तै गीतको दृश्य सम्पादन विनोद बमले गर्नुभएको छ ।

सान्स फिल्म युटुब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा मौलिक नाचौं-नाचौं लाग्ने म्युजिक र गायकीपनले गर्दा यसपालीको तीजमा दिदीबहिनीहरुको रोजाइको गीत बन्न सक्ने छनक यस गीतले दिएको गायक तथा सर्जक खनालको भनाई छ ।

राजधानीमा आयोजित एक समारोहकाबीच जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले विमोचन गर्नुभएको हो । एप्पल मिडिया एण्ड एडभरटाइजिङ्गका प्रालिअध्यक्ष श्रीधर खनालको अध्यक्षतामा, राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, मेगा कलेजका अध्यक्ष गोपाल खनाललगायतले सर्जक तथा गायक खनालको तीज गीतबारे आफ्ना भनाई राख्नुभएको थियो ।

पुराना सर्जक तथा गायक मोतीराज खनाल विगत लामो समयदेखि कलाकारिता क्षेत्र र गीत संगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले नेपाली सांगितीक बजारमा करिब तीन दर्जन भन्दा बढी नेपाली मौलिकता झल्काउने गीतमा स्वर दिइसक्नुभएको छ भने दर्जनौँ गीतमा संगीत भर्नुभएको छ । यसका साथै थुप्रै टेलिसिरीयल, सर्ट भिडियो र गाइजात्रामा पनि अभिनय गरिसक्नुभएको छ ।