• १२ असोज २०८१, शनिबार

मौलिकता जोगाउँदै तनहुँका चेली

blog

काठमाडौँ, साउन २४ गते ।  तनहुँका दिदीबहिनी सामूहिक भेला भएर हरेक तिजमा सांस्कृतिक महत्व र परम्परा झल्काउने गीत सिर्जना गर्दै आएका छन् । 

सो समूहले ‘तिजमा आमा नहुने छोरीको वेदना’ र सडक एवं हवाई दुर्घटनाका विषयमा ‘मनै रुवाउने दुर्घटना’ बोलका तिजगीत सार्वजनिक गरेको छ । तिजका बेला उटपट्याङ र छाडा गीतको बाहुल्य बढ्दै गएको समयमा तनहुँका चेलीले तिजको मौलिक भाका र गीत संरक्षणको राम्रो प्रयास गरेका छन् । मोती डिजिटल स्टुडियोले तयार पारेको दुवै गीतमा सीता सिग्देलको शब्द रहेको छ । गीतमा प्रमिला सिग्देललगायतको स्वर छ ।