• १२ असोज २०८१, शनिबार

‘रोल नं. १’ बन्ने

blog

काठमाडौँ, साउन २१ गते । जोन योञ्जनको कथा र निर्देशनमा बालमनोविज्ञानमा आधारित चलचित्र ‘रोल नं. १’ निर्माण गरिने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने चलचित्रको पहिलो तस्बिर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । फस्ट लुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरूलाई पढाइरहेकी एक शिक्षिका देख्न सकिन्छ । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको सङ्गीत रहने जनाइएको छ ।