• १२ असोज २०८१, शनिबार

लोयाङको आवाजमा ‘सान्नानी’

blog

काठमाडौँ, साउन १६ गते । जर्जियामा भएको ‘वल्र्ड राइजिङ स्टार २०२४’ का उपाधि विजेता लोयाङ शेर्पाको स्वरमा ‘सान्नानी’ बोल गीतको भिडियो मङ्गलबार सार्वजनिक गरिएको छ । गीतमा एरिक विश्वकर्माको शब्द, सङ्गीत तथा विराज गौतमको सङ्गीत संयोजन रहेको छ ।

रसिक राजको निर्देशन रहेको भिडियोमा प्रिन्सु रेग्मी, युना सिंह ठकुरी, बाटिका बिजुक्छे, दिव्या नेपाली, सिम्रिका श्रेष्ठ र लोयाङको अभिनय रहेको छ । गीतमा अनिशा खत्रीको कोरियोग्राफी, अभिषेक श्रेष्ठको सङ्गीत संयोजन र विकास सिटौलाको छायाङ्कन रहेको छ ।