कांग्रेस सहमहामन्त्री चौधरीद्वारा मतदान
नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले दाङको गढवा गाउँपालिका ४ स्थित दीपेन्द्र होमजुन माविमा मतदान गर्नुभएको छ । चौधरी नेपाली काङ्ग्रेसको तर्फबाट दाङ क्षेत्र नम्बर १ का उम्मेदवार हुनुहुन्छ ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदानपछि गठन हुने सरकारलाई शान्ति, सुशासन र समृद्धिका जनअपेक्षालाई पूरा गर्नेतर्फ कदम चाल्न सुझाव दिनुभएको छ ।
बैतडीमा शान्तिपुर्ण रूपमा मतदान सुरु
बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो ।
बाजुराका सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सुरु
बाजुराका सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सुरु भएको छ । निर्वाचन आयोगको समय अनुसार बिहान ७ बजे देखि यहाँका ७७ मतदानस्थल ११८ स्थायी र १ अस्थायी गरी ११९ मतदान केन्द्रमा शान्तिपुर्ण मतदान सुरु भएको हो ।
सुनसरी–१ मा अध्यक्ष हर्कराज राई द्वारा मतदान
सुनसरी–१ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ। धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदान गर्नुभएको छ।
प्रादेशिक अस्पताल नबनेपछि ओखलढुङ्गामा मतदान बहिष्कार
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, सातसल्ले मतदान केन्द्रमा बिहान ८:३० बजेसम्म एक जना पनि मतदाताले मतदान गरेका छैनन्।
मतदान अधिकृतदेखि स्वयंसेवक सबै महिला
प्रतिनिधि सभा निर्वाचनका लागि बागमती प्रदेशका विभिन्न निवार्चन क्षेत्रमा मतदान अधिकृतदेखि स्वयंसेवकसम्म महिलालाई खटाइएको छ । चितवनको भरतपुर उपमहानगरपालिका–
राप्रपा अध्यक्ष लिङ्देनद्वारा मतदान
राप्रपाका अध्यक्ष तथा झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार राजेन्द्र लिङ्देनले मतदान गर्नुभएको छ ।
काठमाडौँमा शान्तिपूर्ण रूपमा मतदान जारी
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
नाम नभेटिएपछि मुख्य निर्वाचन अधिकृत मतदान गर्न असमर्थ
अस्थायी मतदाता नामावलीमा नाम नभेटिएपछि पाँचथरका मुख्य निर्वाचन अधिकृतले नै मतदान गर्न पाउनुभएन।
बारामा ज्येष्ठ मतदाताको सक्रिय सहभागिता
बिहीबार बिहान ७ बजेदेखि बारा जिल्लामा शान्तिपूर्ण र उत्साहजनक वातावरणमा निर्वाचन कार्य सुरु भएको छ। जिल्लाभरका तोकिएका सबै मतदान केन्द्रमा निर्धारित समयमा मतदान प्रारम्भ भएको निर्वाचन अधिकारीहरूले जनाएका छन्।
नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
कञ्चनपुरमा एमाले उम्मेदवारद्वारा मतदान
कञ्चनपुरमा बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा तीनै निर्वाचन क्षेत्रका नेकपा एमालेका उम्मेदवारले मतदान गर्नुभएको छ।
कांग्रेस उपसभापति शर्माद्वारा मतदान
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगरमा मतदान गर्नुभएको छ ।
मोरङमा ज्येष्ठ नागरिकद्वारा मतदान
मोरङ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहीबार बिहानैदेखि जिल्लाभरका सबै मतदान केन्द्रमा मतदाताको उपस्थिति देखिएको छ ।
काभ्रेपलाञ्चोकमा शान्तिपूर्ण रूपमा मतदान सुरु
काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जिल्लाका दुई निर्वाचन क्षेत्रको चार सय मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको बताउनुभयो ।
मकवानपुरमा मतदाताको उत्साही सहभागिता
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बिहानैदेखि मतदाताहरू मतदान गर्न आफ्नो मतदान केन्द्र पुग्नु भएको हो ।
प्रधानमन्त्री कार्कीद्वारा मतदान
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं. ५ , धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
निवर्तमान सभामुख घिमिरेद्धारा मतदान
निवर्तमान सभामुख तथा नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार देवराज घिमिरेले मतदान गर्नु भएको छ । घिमिरेले बालकल्याण आधारभूत विद्यालय, अर्जुनधारा नगरपालिका–६ स्थित मतदान केन्द्रबाट पहिलो मतदाता बनेर मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले लोकतन्त्रलाई बलियो बनाउन सबै नागरिकले उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गर्नुभयो ।
धनकुटामा एमाले उम्मेदवार राजेन्द्रकुमार राईद्वारा मतदान
प्रतिनिधि सभा सदस्य निर्वाचनको धनकुटामा मतदान सुरु भएको छ । धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा ७ बजेबाट नै मतदान सुरु भएको जानकारी दिनुभयो ।
बर्दिवासमा पौने घण्टापछि सुरु भयो मतदान
महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ ।
एमाले उम्मेदवार सुहाङद्वारा मतदान
नेकपा एमाले इलाम–२ का उम्मेदवारसुहाङ नेम्वाङले इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गर्नुभएको छ ।
ओखलढुङ्गाको सातसल्ले टोक्सेल केन्द्र सुनसान
ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र बिहान ९ बजेसम्म सुनसान रहेको छ।
निर्धक्क भएर मतदान गर्न मतदातालाई आह्वान : निर्वाचन आयुक्त तुलाधर
निर्वाचन आयोगका आयुक्त डा. जानकी तुलाधरले आज भइहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्धक्कका साथ मतदान गर्न मतदाताहरुलाई आह्वान गर्नुभएको छ ।