• २१ फागुन २०८२, बिहिबार

मोरङमा ज्येष्ठ नागरिकद्वारा मतदान

blog

जिल्लाको सुन्दरहरैँचास्थित जनसेवा आधारभूत विद्यालयमा मतदान गर्दै सर्वसाधारण । तस्बिर : खेमराज सापकोटा

खेमराज सापकोटा
मोरङ, फागुन २१ गते।
मोरङ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहीबार बिहानैदेखि जिल्लाभरका सबै मतदान केन्द्रमा मतदाताको उपस्थिति देखिएको छ ।

कोशी प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दङ्गालका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा तोकिएको समयमै मतदान प्रक्रिया सुरु भएको हो । “सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र आवश्यक सामग्री व्यवस्थापन भइसकेको छ, मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ,” उहाँले भन्नुभयो ।

मोरङ जिल्लामा प्रतिनिधिसभातर्फ ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । बिहानैदेखि महिला, ज्येष्ठ नागरिक र युवाहरू उत्साहपूर्वक मतदान केन्द्र पुगेका छन् ।

निर्वाचन कार्यालयले मतदातालाई लाइनमा व्यवस्थित रूपमा बस्न, परिचयपत्र साथमा ल्याउन र निर्वाचन आचारसंहिता पालना गर्न अनुरोध गरेको छ । मतदाता नामावलीमा नाम भएकाले आफ्नो परिचय खुल्ने पत्रका आधारमा मतदाताले मत प्रदान गर्न सक्ने छन् ।