शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विष्णुप्रसाद पोखरेल
दमक, फागुन २१ गते । निवर्तमान सभामुख तथा नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार देवराज घिमिरेले मतदान गर्नुभएको छ ।
घिमिरेले बालकल्याण आधारभूत विद्यालय, अर्जुनधारा नगरपालिका–६ स्थित मतदान केन्द्रबाट पहिलो मतदाता बनेर मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले लोकतन्त्रलाई बलियो बनाउन सबै नागरिकले उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गर्नुभयो ।
निवर्तमान सभामुख घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगर एउटै निर्वाचन क्षेत्रमा उम्मेद्वार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ । झापा क्षेत्र नं. २ का विभिन्न मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थिति उत्साहजनक देखिएको छ ।