• २१ फागुन २०८२, बिहिबार

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान

blog

काठमाडौँ, फागुन २१  गते ।  मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदानपछि गठन हुने सरकारलाई शान्ति, सुशासन र समृद्धिका जनअपेक्षालाई पूरा गर्नेतर्फ कदम चाल्न सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज काठमाडौँको पूरानो बानेश्वरस्थित गौरचणपार्क मतदान केन्द्रबाट मतदान गरेपछि रासससँगको कुराकानीमा उहाँले जनताको दैनिक जीवन र सुखदुःखमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “मतदाता उत्साहका साथ मतदानमा सहभागी भएको देखिन्छ, देशले निकास पाओस् भन्ने उहाँहरुको चाहना छ, देश स्थायित्व, शान्ति सुव्यवस्था र समृद्धिको मार्गमा अघि बढोस्, जनताको सुखदुःखमा ध्यान देओस् भन्ने जनअपेक्षा पूरा होस् ।” रासस