• २१ फागुन २०८२, बिहिबार

ओखलढुंगाको सातसल्ले टोक्सेल केन्द्र सुनसान

blog

सुनसान रहेको ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र । तस्बिर गोरखापत्र

ओखलढुंगा, फागुन २१ गते । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र बिहान ९ बजेसम्म सुनसान रहेको छ।

मतदान अधिकृत परबासी राईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुहँदै अहिलेसम्म यस मतदान केन्द्रमा कोही मतदाता उपस्थित नभएको बताउनुभयो ।

स्थानीय प्रशासनले मतदातालाई समयमै मतदानमा उपस्थित हुन आग्रह गरेको छ, ताकि निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न होस्। तर, यस मतदान केन्द्रमा यो समाचार तयार पादा सम्म मतदान गर्न कोही मतदाता नआएको पाइएको छ ।