प्राज्ञिक विद्यार्थी परिषद्ले शैक्षिक सामग्री वितरण गर्ने
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दुई हजार ५२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । परिषद् विभिन्न १५ वटा जिल्लाका विद्यालयस्तर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो ।
एसइई नतिजा : बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य
सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो ।
सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीको भीड
दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले सही व्यवस्थापन र वैज्ञानिक शिक्षण विधि भएमा सामुदायिक विद्यालय अब्बल हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ । तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यवहारिक भएको जनाउँदै जिल्लास्थित शिक्षक सङ्घ–सङ्गठन विरोध गर्दै आएका थिए ।
हातेमालोले बन्यो विद्यालय नमुना
नुवाकोटको विकट किस्पाङ गाउँपालिका अन्तर्गत पर्ने काहुलेमा २०४६ सालमा पहिलो पटक विद्यालय खोल्ने विषयमा छलफल हुँदा स्थानीय निकै उत्साही थिए। तर भिरालो बनोटका कारण स्कुल खोल्न उपयुक्त जग्गा अभाव भएपछि उनीहरू केही समय रणभुल्लमा परे। स्कुल स्थापना गर्न थुप्रै ठाउँ अवलोकन भयो तर उपयुक्त जग्गा कतै भेटिएन।
शिक्षक अभावमा चुनौती मोलेर दुर्गमको पठनपाठन
कालिकोटको महाबै गाउँपालिका –६ स्थित चन्द्रादेवी माविमा १३ जना शिक्षक हुनुहुन्छ । तीमध्ये एकजना मात्र दरबन्दीको स्थायी शिक्षक हुनुहुन्छ । १० कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा गाउँपालिका अनुदानका चार जना, राहत कोटाका चार जना, निजीस्रोतका तीन जना र बालविकास केन्द्रका एक जना छन् ।
एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २६ र २७ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० गते आज (शनिबार) एक सूचना जारी गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो ।
एसइई नतिजा : १६ विषयमा शून्य ‘ए प्लस’
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन गरेको थियो । बोर्डले एसइईको नतिजा बिहीबार सार्वजनिक गरेको थियो । विद्यार्थीले ६७ वटा विषयमा ‘ए प्लस’ प्राप्त गरेका छन् । ‘ए प्लस’ प्राप्त नगरेका सबै विषय ऐच्छिक हुन् । नतिजा अनुसार वातावरण विज्ञान, समाजशास्त्र, नेवारी, उर्दु, संस्कृत भाषा र साहित्य, इलेक्टिभ अङ्ग्रेजी, नीतिशास्त्र, वेद (शुक्ल आयुर्वेद), न्याय, भूगोल, अङ्ग्रेजी, फलित ज्योतिष, तर्क सङ्ग्रह, पत्रकारिता विषयमा कसैले पनि ‘ए प्लस’ प्राप्त गर्न सकेनन् ।
चार सय बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सिराज खान नेपालगञ्च, असार २२ गते । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय र मदरसामा अध्ययनरत विद्यार्थीलाई पोसाक, झोला र शैक्षिक सामग्री वितरण गरिएको छ । शिक्षाको क्षेत्रमा सबैभन्दा पिछिडिएको बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ मा रहेको एक विद्यालय र तीन मदरसामा अध्ययनरत विद्यार्थीहरूलाई पोसाकसहित शैक्षिक सामाग्री वितरण गरिएको हो । नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत एक विद्यालय र तीन मदरसामा अध्ययनरत चार सय ५० बढी विद्यार्थीलाई पोसाक, झोला र शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले सो शैक्षिक सामाग्री वितरणको बजेट व्यवस्था गराउनु भएकोमा आभार व्यक्त गर्नुभयो । अध्यक्ष शाहले विद्यालय पोसाक, झोला र शैक्षिक सामाग्री नहुँदा धेरै विद्यार्थी विद्यालयमा अनियमित हुने गरेकोमा अब सो समस्या समाधान भएकोले विद्यालयमा उपस्थिति बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “प्रदेश सभा सदस्य नमुनाले यहाँको शैक्षिक अवस्थामाथि उकास्नको लागि पहिलेदेखि नै लागिरहनुभएको छ, अहिले पनि प्रदेश सरकारबाट बजेट पार्नको लागि भूमिका खेल्नुभएकोमा धन्यवाद दिन चाहन्छु ।”लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले लुम्बिनी प्रदेशको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार सय ५० जना विद्यार्थीहरूलाई पोसाक, झोला र विभिन्न शैक्षिक सामग्रीहरू वितरण गरिएको जनाउँदै यसबाट विद्यार्थीलाई नियमित विद्यालय आउन सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पोसाक लगायतका शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू नियमित विद्यालय आउनुका साथै शैक्षिक गुणस्तरमा समेत विकास हुने अपेक्षा राखेको छु, यसमा सबैको सहयोग आवश्यक छ ।” बाँकेकै विकट मानिने नरैनापुरमा अभिभावकको आर्थिकस्थिति राम्रो नहुँदा छोराछोरीलाई विद्यालय पठाउँदैनन् । केहीले पठाएपनि उनीहरू नियमित स्कुल पुग्दैैनन् । प्रदेश सभा सदस्य नमुनाले लुम्बिनी प्रदेश सरकारले निःशुल्क रूपमा दिएका पोसाकसहितका शैक्षिक सामग्रीहरूको दुरूपयोग हुन नदिन विद्यालयका शिक्षकहरू चनाखो हुनुपर्नेमा जोड दिनुभयो । वडा नम्बर १ का वडा अध्यक्ष इसाक जोलाहले विद्यार्थीहरूलाई पोसाक, झोला र शैक्षिक सामग्रीहरू वितरण गरिएपछि पठनपाठनमा सुधार हुने आशा गरिएको बताउनुभयो ।
एसइई परीक्षा : निजीभन्दा सामुदायिक विद्यालय अब्बल
एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ ।
पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण
म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण हुनुभएको छ ।
प्रयोगात्मक अङ्कले उकास्यो नतिजा
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत वर्षको तुलनामा सुध्रिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको २०७९ सालको नतिजा अनुसार माथिल्लो ग्रेड ल्याएर उत्तीर्ण हुने परीक्षार्थीको सङ्ख्यामा गत वर्षको तुलनामा यस पटक उल्लेख्य सुधार देखिएको छ ।
बाल मन्दिरमा मनायो केबीएले ब्याडमिन्टन दिवस
अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकालाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीसँग ब्याडमिन्टन सिक्नुका साथै खेलका प्राविधिक जानकारी लिएका थिए ।
एसईई नतिजामा सुधार
प्रकाशित नतिजा अनुसार गत वर्षको तुलनामा यस वर्ष एसईईको नतिजा सुध्रिएको छ। गत वर्षको एसईई नतिजा अनुसार यस वर्षको नतिजामा माथिल्लो जिपिए ल्याउनेको संख्या बढेको छ।
एसईई नतिजा : कति विद्यार्थीले कति जिपिए ल्याए
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई–२०७९ को नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने २२ हजार ४७५ छन्। यो कुल विद्यार्थी सङ्ख्याको ४.६३ प्रतिशत हो ।
एसईई नतिजा : २२ हजार ४७५ विद्यार्थीले ल्याए ३.६ देखि ४ जिपिए
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ छ।
यसरी हेर्न सकिन्छ एसईईको नतिजा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ । एसईईको नतिजा प्रकाशनका लागि बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो ।
विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि बर्सेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेर मात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताउनुभएको छ।
एसईईको नतिजा ३ बजेपछि प्रकाशन गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो ३ बजेपछि प्रकाशन गर्ने तयारी गरेको छ । एसईईको नतिजा प्रकाशनका लागि केही समय अघिबाट बोर्ड बैठक सुरु भएको छ ।
भारत सरकारको सहयोगमा निर्मित विद्यालय हस्तान्तरण
भारत सरकारको सहयोगमा दैलेखमा निर्माण गरिएका सामुदायिक विद्यालय भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
एसईईको नतिजा प्रकाशनका लागि १ बजे बोर्ड बैठक बस्दै
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि आज (बिहीबार) दिउँसो १ बजे बोर्ड बैठक बस्दैछ ।
आज एसईईको नतिजा सार्वजनिक हुँदै
राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ ।
दुर्गमका विद्यार्थी भर्ना आवेदनबाट वञ्चित भएकोप्रति महानगरको ध्यानाकर्षण
काठमाडौं महानगरपालिकाले कक्षा ११ मा दुर्गम क्षेत्रका विद्यार्थी भर्नाको अवसरबाट वञ्चित भएकोप्रति ध्यानाकर्षण जनाएको छ ।
सामुदायिक विद्यालयका शिक्षकलाई खेल प्रशिक्षण
दाङको घोराहीमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई खेल सम्बन्धी प्रशिक्षण दिइएको छ । घोराही उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा खेल प्रशिक्षक राख्ने तयारी अनुसार शिक्षकहरूलाई तालिम दिइएको हो ।