संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह सुरु
नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सुरु भएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा कार्यक्रम सुरु भएको हो ।
जीर्ण भवनभित्र पठनपाठन
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नयाँ भवन निर्माणका लागि श्रोतको खोजीमै लामो समय बितेको छ ।
१२ वर्षपछि दीक्षान्त समारोह आयोजना गर्दै नेपाल संस्कृत विश्वविद्यालय
नेपाल संस्कृत विश्वविद्यालयको स्थापना योगी नरहरिनाथले चिम्टा गाडेर सुरुवात गर्नुभएको थियो । हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्मे हुन्थ्यो संस्कृत विश्वविद्यालय परिसर, केही महिनाअघि मात्रै राष्ट्रपति आउँदा विश्वविद्यालयको केन्द्रीय कार्यालयभित्र पुग्ने सडकका खाल्डाखुल्डी सम्म्याउने काम भएको थियो ।
बाँकेमा बिहान मात्रै विद्यालय सञ्चालन गरिने
तातो हावा लू र अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि बाँकेका अधिकांश पालिकाले एक साता विद्यालयमा बिदा गरेका थिए।
समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न त्रिविको आग्रह
त्रिभुवन विश्वविद्यालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न आग्रह गरेको छ ।
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको सपना हो : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालयका रूपमा अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।
अत्यधिक गर्मीका कारण पाँच दिन विद्यालय बन्द
अत्यधिक गर्मीका कारण विद्यार्थी प्रभावित हुन थालेपछि पाल्पाको रामपुरमा पाँच दिन विद्यालय बन्द गरिएको छ । जेठ २९ गतेदेखि असार १ गतेसम्म पाँच दिन विद्यालय बन्द गर्ने निर्णय भएको रामपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित
दोलखाको तामाकोसी गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको हो ।
‘...अनि, निजी स्कुल रित्तै बने’
किशोर उमेरमै रहनुभएकी सदीक्षा केसीले स्कुल जीवनमै आफ्नो कापी कलम किन्ने पैसाको आफँै जोहो गर्नुभएको छ । आफैँ पढ्ने विद्यालयमा सञ्चालित प्रयोगात्मक कक्षामा उत्पादन भएका तरकारीहरू बिक्री गरेर उहाँले पढ्न लेख्नका लागि कापी कलमको जोहो गर्नुभएको हो । “कापी कलम किन्ने पैसा त तरकारी बिक्री गरेर पनि आउने गरेको छ,” कक्षा १२ की छात्रा केसी भन्नुहुन्छ, “कृषि सङ्काय अध्ययन गर्ने हामीले विद्यालयमै प्रयोगात्मक कक्षामा कृषि बाली लगाउने गरिएको छ ।”
गर्मीले कतै स्कुल बन्द, कतै प्रार्थना स्थगित
अत्यधिक गर्मीका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । गर्मी बढेसँगै विद्यार्थीहरू कक्षाकोठामै बेहोस भएर ढल्न थालेपछि तराईका साथै पहाडी जिल्लाका अधिकांश विद्यालयमा पढाइ बन्द भएको छ । स्थानीय तहले वर्षे बिदामा कटौती हुने गरी पढाइ बन्द गर्न विद्यालयलाई निर्देशन दिएका छन् । केही स्थानीय तहले सम्बन्धित विद्यालयलाई आफू अनुकूल निर्णय गरेर पढाइ व्यवस्थापन गर्न अनुमति दिएका छन् । तापक्रम बढेर तातो हावा ‘लु’ चल्न थालेपछि बाँके, बर्दिया, सुर्खेत, महोत्तरी, सर्लाही, धनुषा, रौतहट, बारा, पर्सालगायत तराई क्षेत्रका अधिकांश जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
डेस्क–बेन्चको अभावमा विद्यार्थी धुलोमा बस्न बाध्य
दक्षिणी क्षेत्रको एक विद्यालयमा विद्यार्थी कक्षा कोठाको धुलाम्मे भुईँमा बसेर अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयले कक्षा कोठामा डेक्स–बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीलाई भुईँमा बसेर अध्ययन गर्नुपरेको हो ।
गर्मी बढेपछि विद्यालय बन्द
बर्दियामा अत्यधिक गर्मी बढेसँगै यहाँका विभिन्न पालिकाहरूले वर्षे बिदाबाट कट्टी हुने गरी विद्यालय बन्द गरेका छन् ।
संस्कृत विश्वविद्यालयमा दीक्षान्त समारोह
बाह्र वर्षपछि बगेको खोलो फर्कन्छ भनेजस्तै संस्कृत विश्वविद्यालयमा बाह्रै वर्षपछि दीक्षान्त समारोह हुन थालेको छ ।
अब अनुदान सिँधै किसानको हातमा दिन्छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिँधै किसानको हातमा अनुदान दिने नीति लिएको बताउनुभएको छ ।
शिक्षकहरूद्वारा तानसेनमा प्रदर्शन
पाल्पा जिल्लाभरका शिक्षकहरूले तानसेनमा विभिन्न माग राखी प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय समिति पाल्पाको आयोजनामा जिल्ला शिक्षा कार्यालयमा विरोध प्रदर्शन गरेका हुन् ।
त्रिविले उत्कृष्ट अनुसन्धान पुरस्कार आवेदनको म्याद छ दिन थप्यो
त्रिभुवन विश्वविद्यालयले उत्कृष्ट अनुसन्धान पुरस्कारका लागि आवेदन दिने म्याद थप गरेको छ ।
तराईमा गर्मी : विद्यालय बिदा लम्बियो
नेपालगञ्ज र सो आसपासका क्षेत्रमा तातो हावा लू चल्ने क्रम बढ्दै गएको छ । तातो हावा चल्ने क्रम नरोकिएपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न पालिकाले विद्यालय बिदा लम्ब्याएका छन् ।
पेसागत स्थायित्वको माग गर्दै धर्ना
स्याङ्जाका सरकारी विद्यालयमा कार्यरत कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएका छन् ।
कक्षा ८ सम्मका दैनिक कार्यतालिका पठाउन महानगरको आग्रह
काठमाडौं महानगरपालिकाले आधारभूत तह कक्षा ८ सम्मको दैनिक कार्यतालिका पठाउन आग्रह गरेको छ।
एसइई नतिजा असार तेस्रो सातामा
गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।
कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना प्रक्रिया सुरु नगर्न महानगरको परिपत्र
काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्नाका कुनै पनि प्रक्रिया नगर्न परिपत्र जारी गरेको छ ।
काठमाडौंमा एकै विद्यालयका चार जनामा दादुरा पुष्टि
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ९ को एक विद्यालयका चार जना विद्यार्थीमा दादुरा पुष्टि भएको छ ।
भद्रपुर नगरपालिकामा आफ्नै पाठ्यक्रम
झापाको भद्रपुर नगरपालिकाले स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम तयार पारेर यसै शैक्षिक सत्रबाट नगरपालिकाभित्रमा लागु गरेको छ ।
यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई पाठ्यक्रममा राखिने
यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई पाठ्यक्रममा राख्न धनगढीमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।