शिक्षा ऐन द्रुत गतिमा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय शिक्षासम्बन्धी ऐन छिट्टै आउने बताउनुभएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेनस नेपाल (प्याब्सन) काठमाडौँ शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। ऐन निर्माण कार्य दु्रत गतिमा अघि बढिरहेको बताउँदै उहाँले २०२८ सालमा बनेको शिक्षा ऐनले अबको विद्यालय शिक्षालाई अघि बढाउन नसकिने स्पष्ट गर्नुभयो। विद्यालय शिक्षासम्बन्धी विधेयकलाई प्रतिनिधि सभामा पठाउन हालै मन्त्रीपरिषद्ले निर्णय गरेको थियो। नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको बताउँदै सञ्चारमन्त्री शर्माले भन्नुभयो, “हाम्रो लक्ष्य समाजवाद हो। यसको अर्थ शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क हुनु पर्छ भन्ने नै हो।”
त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ ।
विद्युतीय हाजिरी मेसिन प्राध्यापकले नै बोकेर हिँडिदिए : त्रिवि उपकुलपति बास्कोटा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको बताउनुभएको हो ।
आँखा पाक्ने रोगले विद्यालय बन्द गर्ने निर्णय
झापामा आँखा पाक्ने रोग फैलिएसँगै उपचारका लागि अस्पतालमा भीड लागेको छ । आँखा पाक्ने रोगका कारण बिर्तामोड र भद्रपुर नगरपालिकाका विद्यालय सोमवारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
अधिकांश विद्यालयका प्रधानाध्यापक अयोग्य
ताप्लेजुङका अधिकांश विद्यालयमा अयोग्य प्रधानाध्यापक रहेका छन् । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार अयोग्य अर्थात् योग्यता र मापदण्ड नपुगेका प्रधानाध्यापक रहेका छन् ।
ताप्लेजुङका अधिकांश विद्यालयका प्रधानाध्यापक अयोग्य
जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुमा शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार अयोग्य अर्थात योग्यता र मापदण्ड नपुगेका प्रधानाध्यापक रहेका हुन्।
‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने’
कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।
'केयू'मा खानी इन्जिनियरिङको अध्यापन हुने
देशमा आवश्यक रहेको माइनिङ (खानी) इन्जिनियरको आवश्यकता पुरा गर्नका लागि मद्दत गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालय (केयू)ले यस वर्षदेखि स्नातक तहमा खानी इन्जिनियर विषयको अध्यापन सुरु गर्ने भएको छ ।
गाउँपालिकाले निजी विद्यालयसँग माग्यो छात्रवृत्ति वितरणको अभिलेख
झापाको कमल गाउँपालिकाका संस्थागत (निजी) विद्यालयहरूले तोकिए अनुसार बिद्यार्थीहरुलाई छात्रवृत्ति नदिएको गुनासो बढेपछि गाउँपालिकाले संस्थागत विद्यालयसँग यसको विवरण माग गरेको छ ।
अनुशासन
भाइबहिनीहरू, अनुशासनले हामीलाई चल्न सिकाउँछ । कुनै कुरा राम्रो र व्यवस्थित ढङ्गले चल्न नियम चाहिन्छ । आफूले नै आफूलाई बाँध्नु र अरूमा मन, वचन र कर्मले सकारात्मक प्रभाव पार्ने कार्य अनुशासन हो । अनुशासन हाम्रो जीवन पद्धतिसँग गाँसिएर आउँछ । त्यसैले पनि जीवनमा अनुशासनको विशेष महत्व हुन्छ । अनुशासनबिनाको जीवनको के अर्थ हुन्छ र ? साना ठुला सबैले अनुशासनको पालना गर्नु पर्छ । अनुशासनमा बस्नु हामी सबैको कर्तव्य हो । अनुशासनमा नबस्दा हामी पशु समान हुन्छौँ । मानव जीवनमा अनुशासनको महत्व बयान गरेर साध्यै छैन ।
एसइई खारेजीको प्रस्ताव
विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ । मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रका अनुसार आधारभूत तहको अन्तिम परीक्षा
छयालीस हजार दरबन्दी खुल्दै
४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। सो विधेयक अझै सार्वजनिक भने भएको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च स्रोतले विधेयकमा राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव गरिएको जानकारी दिएको छ। साविकको उच्च माध्यमिक विद्यालय (कक्षा ११/१२) को चार हजार अनुदानलाई पनि दरबन्दीमा परिणत गर्ने प्रस्ताव विधेयकमा गरिएको छ। सो तहमा दुई हजार दरबन्दी र चार हजार अनुदानमा अस्थायी रूपमा शिक्षक व्यवस्थापन गरिएको छ। “विधेयक पारित भएमा दुवै किसिमका गरी एकै पटक ४६ हजार नयाँ शिक्षकका लागि विज्ञापन आह्वान हु
डेङ्गु नियन्त्रणका लागि विद्यालय बन्द
सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो ।
एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरको सम्मान
ललितपुर महानगरपालिकाले २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ ।
विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित गर्नुभएको छ ।
विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम
तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध हुनुहुन्छ । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उहाँले पशुपालन गर्नुभएको हो ।
कोरियन भाषा परीक्षाका लागि आवेदन माग
वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले राससलाई जानकारी दिनुभयो ।
म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल
माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक रु ४३ हजार छ सय ७९ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली भएको हो ।
सरकारी विद्यालयमा बढ्न थाले विद्यार्थी
कालिकोट जिल्लामा पछिल्लो समय सामुदायिक विद्यालय प्रति विद्यार्थीको आकर्षण बढेको छ । कुनै बेला सरकारी विद्यालयमा भन्दा संस्थागत विद्यालयमा बढ्दै गएको आकर्षण पछिल्लो घट्दै जाँदा यता सरकारी विद्यालयमा वढेको पाइएको हो ।
गुरुकुलमा विद्यार्थीको चाप
गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गएको बेला यहाँको रामनदीधाम संस्कृत गुरुकुलमा भने विद्यार्थीको चाप बढेको छ । मागभन्दा धेरै भर्ना हुन आउँदा गल्याङ नगरपालिका–१, रामनदीधामको विद्यार्थीको चाप बढेको हो ।
शिक्षकलाई सरकारी मापदण्ड अनुसार तलब र सुविधा दिन निर्देशन
शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब र सुविधा दिन फिदिम नगरपालिकाले यहाँका संस्थागत विद्यालयलाई निर्देशन सहितको पत्र लेखेको छ ।
तिलोत्तमामा ‘सिर्जनशील शुक्रवार’ अभियान
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हप्ताको एक दिन पुस्तक बोक्नुनपर्ने सिर्जनशील शुक्रबार अभियान सुरु भएको छ । अभियान सुरु भएसागै अब हरेक शुक्रबार विद्यार्थीले विद्यालय जाँदा पुस्तक बोक्नु नपर्ने भएको छ ।
कानुन विषय पढ्न विद्यार्थी आकर्षित,अध्यापन गराउने शिक्षक अभाव
कैलालीको टीकापुरमा कानुनतर्फ ‘बीएएलएलबी तह’को अध्यापन सुरु भयो । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसले कानुनको अध्यापन गराउन तीन वर्षमै अध्ययनरत विद्यार्थीलाई अन्य क्याम्पसमा पठाउनुपर्यो ।