प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो ।
जनप्रशासन क्याम्पसमा आर्थिक हिनामिना
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन क्याम्पसमा आर्थिक हिनामिना भएको छ । क्याम्पसमा कार्यरत प्राध्यापकको पारिश्रमिक तथा विद्यार्थीको छात्रवृत्ति रकम हिनामिना भएको छानबिन समितिले पुष्टि गरेको छ ।
सिटिइभिटी आयोगले भन्यो, सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्ने कार्य नगर्नु
चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई जथाभावी सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ ।
काठमाडौं विश्वविद्यालय र मधेश विश्वविद्यालयबीच सहकार्य
काठमाडौं विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् ।
बालिका शिक्षाका लागि कन्या विद्यालय
मधेश तथा मुस्लिम समुदायका बालिकालाई विद्यालयमा टिकाउनका लागि बाँकेको जानकी गाउँपालिकाले कन्या विद्यालय सञ्चालनमा ल्याएको छ ।
अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण
नेपाल तरुण दल धनकुटाले अनाथ बालबालिकालाई शैक्षिकसहित खाद्यान्न सामग्री वितरण गरेको छ ।
पहिरोको जोखिममा विद्यालय
म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालय पहिरोको जोखिममा परेको छ । विद्यालयदेखि तलको जमिनमा पहिरोका कारण चिराचिरा भएसँगै कक्षा कोठा पहिरोको जोखिममा परेको हो ।
पहिरोको उच्च जोखिममा विद्यालय, भौतिक संरचना भत्किँदा लाखौँको क्षति
जिल्लाको भूमे गाउँपालिका–३ स्थित टकसार आधारभूत विद्यालय झुम्लाबाङ पहिरोको उच्च जोखिममा परेको छ ।
औसत सिकाइ उपलब्धिमा देवचुली उत्कृष्ट
नवलपुरको देवचुली नगरपालिका औसत सिकाइ उपलब्धिमा उत्कट भएको छ । एसईई परीक्षा २०७९ मा नवलपुरको आठ स्थानीय पालिकामध्ये देवचुली नगरपालिका उत्कृष्ट हुन सफल भएको हो ।
विद्यार्थी तथा अभिभावकको आकर्षणमा ‘पढ्दै कमाउँदै कार्यक्रम’
अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भए पनि जानकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सावित्री नेपाली भने स्कुल आउन छोड्नु भएको छैन । विद्यालयले बिदामा पनि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका विभिन्न सामग्री बनाउने सीप सिकाउने भएकाले उहाँ विद्यालय आइरहनुभएको छ ।
चुनावमा तीन मत अब स्वतः विव्यस अध्यक्ष !
‘घुमी फिरी रुम्जाटार’ भने झैँ विद्यालयको व्यवस्थापन समिति (विव्यस) पराजित व्यक्तिकै पोल्टामा आइलाग्ने भएको छ । पुतली सडकस्थित पद्मोदय माध्यमिक विद्यालय विव्यसमा गत वर्ष पराजित वडाध्यक्षलाई फेरि सोही पद आइलाग्न लागेको हो । गत २०७९ असार ११ गते भएको पद्मोदय माविको विव्यस निर्वाचनमा पराजित वडा नं. २८ का वर्तमान वडाध्यक्ष भाइराम खड्गी काठमाडौँ महानगरपालिकाको नयाँ नीतिका कारण विव्यस अध्यक्ष हुनुहुने भएको छ । उहाँलाई तुल्सीप्रसाद अगस्तीले पराजित गर्नुभएको थियो । वर्तमान विव्यस अगस्तीले ५१ र खड्गीले तीन मत पाउनुभएको थियो ।
मानसरोवर क्याम्पसमा नौ वर्षपछि पठनपाठन सुरु
जिल्लाकै पहिलो सामुदायिक क्याम्पस मानसरोवर बहुमुखी क्याम्पसमा नौ वर्षपछि पठनपाठन सुरु भएको छ । क्याम्पस व्यवस्थापनले आंशिक प्राध्यापकहरूको व्यवस्था गरेपछि क्याम्पसमा पठनपाठन कार्य सुरु भएको हो ।
दलित र मुस्लिम छात्रालाई साइकल वितरण
पठनपाठनमा सहजताका लागि जिल्लाको सदरमुकाम र इनरुवा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसईई उर्तीण गरेका दलित र मुस्लिम समुदाय छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको छ ।
रोजाइ विद्यार्थीकै
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको तीन साता बित्न लागेको छ । यसबिचमा विद्यार्थी तथा अभिभावक कक्षा ११ मा भर्ना हुने शैक्षिक संस्थाको खोजीमा लागिसकेका छन् । कतिपय शैक्षिक संस्थाले विद्यार्थी भर्ना प्रव्रिmयालाई अन्तिम चरणमा पु¥याइसकेका छन् भने केहीमा भर्ना प्रक्रिया जारी छ । तैपनि विद्यार्थी तथा अभिभावकसमेत कक्षा ११
सिकाउने शिक्षा
गर्न सिकाउने शिक्षा नै प्राविधिक शिक्षा हो । सिपमूलक बनाउने शिक्षा हो । गरेर सिक्ने शिक्षा हो । सिप सिक्न चाहनेका लागि ज्ञान दिने विषय नै प्राविधिक शिक्षा हो । सिपका साथसाथै मनोदृष्टि र व्यवहार पनि जोडिन्छ । सिप सिकेर त्यसलाई व्यवहारमा कसरी उतार्र्छौं भन्ने फरक दृष्टिकोणबाट हेर्ने गरिन्छ । प्राविधिक तथा व्यावसायिक शिक्षामा आफूले काम सिकेर त्यसलाई जीवनमा प्रयोग गर्न सकिने उपायका बारेमा ज्ञान प्रदान गरिन्छ । घरमा पनि आफ्ना बच्चामा सिप छ कि छैन भन्ने गर्छौं
आकर्षण व्यवस्थापनमा
व्यवस्थापन विषय अन्तर्गत संस्थाको व्यवस्थापन, व्यक्तिगत व्यवस्थापन, मानवस्रोत व्यवस्थापन, आर्थिक व्यवस्थापनलगायतका व्यवस्थापन पर्छ । कुनै पनि संस्था सञ्चालन गर्नका लागि गर्नुपर्ने विभिन्न व्यवस्थापन यस विषयभित्र पर्दछन् । व्यवस्थापन विषयलाई पहिले वाणिज्यशास्त्र भनिन्थ्यो । नेपालमा त्रिचन्द्र कलेजको स्थापनापछि व्यवस्थापन विष
विज्ञान किन ?
भर्खरै प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजासँगै विद्यार्थीमा कक्षा ११ मा कुन कुन विषय लिएर पढ्ने भन्ने सम्बन्धमा चर्चा हुन थालेको छ । यससम्बन्धी विद्यार्थीले आफ्ना अग्रज, साथीभाइ तथा गुरुहरूसँग सरसल्लाह गर्न थालेका छन् । कक्षा ११ मा आफूले चाहेको विषय छनोट गरेर पढ्न पाउने भएकाले पनि माध्यमिक शिक्षा परीक्षाको महत्त्व रहेको देखिन्छ । यस दृष्टिले यो जीवनकै एउटा महत्त्वपूर्ण मोड हो । यस समयमा गरेको सही निर्णयले विद्यार्थीको भविष्य उज्ज्वल हुन सक्छ भने गलत निर्णयले समय, रकम र मेहनतको नाश पनि गर्न सक्छ । त्यसैले विद्यार्थीले निर्णय गर्दा आफ्नो रुचि, क्षमता, लक्ष्य र देशमा कुन विषयको मानव संसाधनको कमी छ भन्ने जस्ता कुरामा ध्यान दिएर गर्न सके आफ्नो भविष्य उज्ज्वल हुने र अभिभावकको लगानी पनि खेर नजाने हुन्छ
कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो
नेपालमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने घट्दै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत रहेका आङ्गिक क्याम्पसहरूमा छुट्याइएको ‘सिट’मा समेत विद्यार्थीको सङ्ख्या पुग्न सकेको छैन ।
विषय छनोटमा अभिभावकको हस्तक्षेप
कक्षा ११ मा भर्ना हुँदा विषय छनोटमा अभिभावकको हस्तक्षेप रहने गरेको पाइएको छ। यसले गर्दा विद्यार्थीको मनस्थितिमा गम्भीर असर पर्ने गरेको पाइएको छ। मनोविज्ञ ज्योत्सना डाँगीले भन्नुभयो, “कक्षा ११ मा भर्ना हुने विद्यार्थीको शारीरिक तथा मानसिक परिवर्तन हुने निकै नाजुक समय हो। यो उमेरमा सही शिक्षा दिन वा सही निर्णय लिन सकिएन भने जीवन कठिन मोडमा पुग्न सक्छ।”
कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती
सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ । बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको छ । तर अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकाले यस्तो अवस्था आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दिवा खाजाका लागि आठ अर्ब ४५ करोड रुपियाँ छुट्याएको छ । मन्त्रालयको नीति तथा कार्यक्रम शाखाका उपसचिव घनश्याम अर्यालका अनुसार सोही रकम स्थानीय तहमा पठाइएको छ । तर यो रकमले कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खान पुग्छ । कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने हो भने थप एक अर्ब रुपियाँ चाहिन्छ ।
अर्थतन्त्रमा देखिएका बेथिति अन्त्य गर्न लागेको छु : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य गर्न लागिपरेको बताउनु भएको छ ।
सामुदायिक विद्यालयको प्रवेश परीक्षामा ‘ओएमआर’ सिट
त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्नाको लागि सञ्चालन गरेको प्रवेश परीक्षामा अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिको प्रयोग गरेको छ ।
डिजिटल साक्षरता विद्यालय तहको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताउनुभएको छ ।
स्टाफ कलेजको आकस्मिक निरीक्षण गर्नुहुँदै मन्त्री मोदी र सचिव पुष्कर
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव डा. कृष्णहरि पुष्करले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आकस्मिक निरीक्षण गर्नुभएको छ ।