• ६ जेठ २०८१, आइतबार

शिक्षकको मृत्युपछि सबै विद्यालयमा बिदा

blog

गुणबहादुर रोका

सुलीकोट, भदौ १९ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका – ४ को सौरपानी सामुदायिक स्मृति विद्यालयका शिक्षक रामकुमार श्रेष्ठको निधनमा  पालिकाभरका सबै ३९ वटै विद्यालय बन्द गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले सूचना जारी गरी सोमबार पालिका भरिका सबै विद्यालयमा सार्वजनिक बिदा दिइएको थियाे । 

पालिकाका सूचनापछि पालिकाभरिका ३७ वटा सामुदायिक र २ वटा निजी विद्यालय सोमबार बन्द भएकf छन् । ‘गाउँपालिकाका अध्यक्षको सल्लाहमा मैले सूचना जारी गरेको हुँ, प्रमुख प्रशासकीय अधिकृत आचार्यले भन्नुभयो ।

यता गाउँ पालिकाका अध्यक्ष विष्णु भट्टाले भन्नुभयो शोक मनाउन विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । एक जना शिक्षकको मृत्युमा सबै विद्यालय बन्द भएको यो पहिलो पटक भएको शिक्षा शाखा कर्मचारी भीमकुमार श्रेष्ठले बताउनुभयो । यसले आगामी दिनका लागि नजिर पनि हुन सक्ने श्रेष्ठ बताउनुहुन्छ ।

विगत ३ वर्षदेखि पेटको समस्याले गर्दा शिक्षक श्रेष्ठको सोमबार बिहान पाटन अस्पतालमा निधन भएको थियो ।