त्रिवि स्वचालित प्रणालीमा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीको आरम्भ गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सोमबार कीर्तिपुरस्थित रजिस्ट्रार कार्यालयमा आयोजित कर्मचारीको तालिम कार्यव्रmममा कार्यालय स्वचालित प्रणालीको विधिवत् थालनी गर्नुभएको हो ।
ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेस हुन्छ : शिक्षामन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेस गर्ने बताउनुभएको छ ।
‘उत्कृष्ट र गुणस्तरीय शिक्षा दिने कलेज नेपालमै छन्’
जनप्रतिनिधि तथा शिक्षाविदहरूले कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न विदेश नै जानुपर्छ भन्ने मान्यता नराख्न विद्यार्थीहरूसँग आग्रह गरेका छन् ।
लागू भएन स्थानीय पाठ्यक्रम
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्ने भन्दै नगरसभाबाट बजेट विनियोजन गरिएपनि अझै त्यो पाठ्यक्रम लागू हुन सकेको छैन ।
अनुसन्धानात्मक, जनमुखी र सर्वसुलभ शिक्षा, आजको आवश्यकता : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकोले शिक्षाको उद्देश्य केवल बेरोजगारी समस्या समाधान गर्ने वा मानिसलाई केवल कम्प्युटर बनाउने मात्रै होइन भन्नुभएको छ।
शिक्षक समस्या र गुणस्तरीय शिक्षा
शिक्षकमा जागिर खान पढ्ने विषय भनेको शिक्षा नै हो भन्ने सोचको विकास नेपालमा गरिएको छ । १२ कक्षामा दोस्रो या तेस्रो श्रेणीमा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई विश्वविद्यालयको बीएड अर्थात् स्नातक तहको शिक्षाशास्त्रमा भर्ना लिइन्छ । शिक्षाशास्त्रले एकादुई प्रथम श्रेणीको विद्यार्थी पायो भने त्यो घटनालाई उत्सव नै माने हुन्छ । शिक्षाशास्त्र पढेमध्येका लोक सेवा आयोगको परीक्षामा नाम निकाल्न नसकेका, विदेश जान नसकेका र अन्य विकल्प सबै बन्द भएकामध्येबाट शिक्षकमा भर्ती गरिन्छ अनि हाम्रो देश सामुदायिक विद्यालयमा गुणस्तरीय उत्पादन र उत्कृष्ट शिक्षकको खोजी गर्दछ । कतिपय उत्कृष्ट पढाइ भएका पनि रहरले शिक्षक बनेका छन् भने अधिकांशको वास्तविकता यही हो ।
हतुवागढीद्वारा ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ कार्यान्वयनमा
शैक्षिक सुधारका लागि भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवगढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ निर्माण गरेको छ । खस्किँदो शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले बृहत् योजनासहितको पाश्र्वचित्र निर्माण गरेको हो ।
शिक्षालय सञ्चालक धर्नामा
चिकित्सा शिक्षासँग सम्बन्धित समस्या समाधान माग गर्दै निजी प्राविधिक शिक्षालय सञ्चालक २२ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन् । उनीहरूका माग पूरा गराउने विषयमा यसबिचमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायत अन्य सरकारी अधिकारीसँग पटक पटक छलफल भए पनि हालसम्म ठोस निष्कर्ष निस्केको छैन ।
‘राष्ट्रिय पुस्तकालय छिट्टै बन्छ’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढङ्गले अगाडि बढाउन पहल थाल्ने बताउनुभएको छ। १६ औँ पुस्तकालय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुस्तकालय भवन निर्माणमा देखिएको अड्चनलाई हटाएर निर्माण कार्यलाई अगाडि बढाइने बताउनुभयो। सरकारले दुई वर्षअघि नै राष्ट्रिय पुस्तकालय भवन जमलमा निर्माण गर्ने घोषणा गर्दै त्यसको डिजाइन र टेन्डरसमेत आह्वान गरिसकेको थियो। डिजाइनमा सामान्य त्रुटि देखिएको र ठेकेदारसँगको मिलेमतो भएको जनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तिममा आएर टेन्डर रद्द गरेको थियो।