पहिराको जोखिममा रिगाउँ, विद्यालय बन्द
धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका–१स्थित रिगाउँ पहिराको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन् ।
कक्षा १२ को परीक्षाफल यसरी हेर्नुहाेस्
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानोठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।
गुल्मीका सबै स्थानीय तहमा शिक्षकको धर्ना
नेपाल शिक्षक महासङ्घले गुल्मीका सबै स्थानीय तहमा धर्ना दिएको छ । यस जिल्लामा रहेका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमा तीन घण्टा धर्ना दिएको नेपाल शिक्षक महासङ्घ गुल्मीका अध्यक्ष हिरासिंह सराङ्कोटीले जानकारी दिनुभयो ।
विद्यालयका शिक्षक र कर्मचारी आन्दोलित
सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू आफ्नो पेसागत हकहितको माग पूरा गराउन देशव्यापी रूपमा आन्दोलित भएका छन् ।
नवलपुरका सबै स्थानीय तहमा तीन घण्टा शिक्षकको धर्ना
नेपाल शिक्षक महासङ्घले नवलपुरका सबै स्थानीय तहमा तीन घण्टा धर्ना दिएको छ । महासङ्घमा आबद्ध सबै घटक संस्थाहरुले बिहान ११ बजेदेखि तीन घण्टा धर्ना दिएका हुन् ।
सङ्घीय शिक्षा ऐन संशोधनको माग गर्दै शिक्षक धर्नामा
ट्रेड युनियन अधिकार, उन्नत विद्यालय शिक्षा र शिक्षक कर्मचारी मैत्री सङ्घीय शिक्षा ऐनको माग गर्दै आइतबार शिक्षकहरूले स्थानीय तहमा धर्ना दिएका छन् ।
महिला तथा दलित जनप्रतिनिधि गुनासो, ‘योजना निर्माणमा आफूहरुलाई सहभागी गराउँदैनन् ’
स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् ।
विद्यालय व्यवस्थापन समिति विघटनको निर्णय प्रमाणीकरण
सबै सामुदायिक विद्यालयका व्यवस्थापन समिति (विव्यस) विघटन गरेर सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा नयाँ समिति गठन गर्ने गरी काठमाडौँ महानगरपालिकाको नगर सभाले गरेको निर्णय प्रमाणीकरण भएको छ ।
२२८ प्राविधिक शिक्षालय बन्द
विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभरका २२८ वटा प्राविधिक शिक्षालय बन्द भएका छन् । विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका ती संस्था चिकित्सा शिक्षा आयोगले तय गरेको नयाँ व्यवस्थाका कारण बन्द भएका हुन् ।