• १२ असार २०८१, बुधबार

एसईई नतिजा : २२ हजार ४७५ विद्यार्थीले ल्याए ३‍.६ देखि ४ जिपिए

blog

राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गर्दै । तस्बिर : विकास द्वारे

गोरखापत्र अनलाइन

काठमाडौं,असार २१ गते। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको  छ। प्रकाशित नतिजा अनुसार ३‍.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ छ। यो एसईईमा सहभागी कुल विद्यार्थी सङ्ख्याको चार दशमलव ६३ प्रतिशत हो ।

यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ५५ हजार ६९ छ। यो कुल विद्यार्थी सङ्ख्याको ११.६३ प्रतिशत हो । यस्तै २.८० देखि ३.२ जिपिए ल्याउने ७२ हजार ३६२ रहेका छन् । यो कुल विद्यार्थी सङ्ख्याको १४.९२ प्रतिशत हो । 

यस्तै २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ८९ हजार ३३१ रहेको छ । यो कुल  विद्यार्थी सङ्ख्याको १८.४२ प्रतिशत हो । २ देखि २.४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या एक लाख दुई हजार २९३  रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको २१.०९ प्रतिशत हो । १.६ देखि २ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ८८ हजार ४४७ रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको १८.२४ प्रतिशत हो । 

त्यसैगरी १.२ देखि १.६ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ७७० रहेको छ । यो कुल  विद्यार्थी सङ्ख्याको ७.९९ प्रतिशत हो । यस्तै ०.८ देखि १.२ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या दुई हजार २०० रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको ०.४५ प्रतिशत हो । 

यस्तै, १३ हजार ९९२ विद्यार्थी अनुपस्थित वा एउटा कुनै विषय मात्र दिएका मध्ये रहेको परीक्षा बोर्डले जनाएको छ । यो कुल विद्यार्थी सङ्ख्याको २.८९ प्रतिशत हो । यस वर्षको एसईई परीक्षामा चार लाख ८४ हजार ९३९ जना विद्यार्थी सहभागी थिए। 

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।


यसैगरी, www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

https://see.nicasiabank.com

www.see.edusanjal.com

www.ekantipur.com

www.theconnectplus.com

https://khalti.com/app

www.neemaacademy.com

https://mypay.com.np

www.nepleeducationpoetal.com

www.ayoresult.com

www.results.matraeducation.com

www.tuteeline.com   मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।