उमेरले छेकेन प्रेमकुमारीको पढ्ने रहर
कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरूकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्नुहुन्छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्ति गर्न माग
लुम्बिनी बौद्ध विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्ति गर्न माग गर्दै बौद्ध धर्मसँग सम्बन्धित विभिन्न चार संस्थाले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराएका छन् । अखिल नेपाल भिक्षु महासङ्घ (थेरवाद), नेपाल बौद्ध महासङ्घ (महायान), नेपाल परम्परागत बौद्ध धर्म सङ्ध (वज्रयान) र धर्मोदय सभाले लुम्बिनी बौद्ध विश्वविद्यालयमा योग्य उपकुलपतिको नियुक्ति अविलम्ब गर्न नेपाल सरकारसँग माग गरेका हुन् ।
कागबेनीमा पठनपाठन बन्द
बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो ।
शिक्षकको आन्दोलनमा वडा सरकारको ध्यानाकर्षण
सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आफ्नो पेशागत हकहितको माग राखेर केही दिनदेखि गर्दै आएको आन्दोलन प्रति वडा सरकारको ध्यानकर्षण भएको छ ।
खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्न आवेदन माग
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।
नियमविपरीत प्राध्यापक नियुक्त गरेको भन्दै पाँच विद्यार्थी सङ्गठन आन्दोलित
मकवानपुर बहुमुखी क्याम्पस प्रशासनले क्याम्पसको विधि र विधान विपरीत प्राध्यापक नियुक्ति गरेको विरोध पाँच विद्यार्थी सङ्गठन आन्दोलित बनेका छन् ।
शिक्षा विधेयक सच्याउन माग
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले प्रतिनिधि सभामा पेस भएको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुधबार पाँचबुँदे सुझावसहित ध्यानाकर्षणपत्र बुझाएको हो । मन्त्री मोक्तानले ध्यानाकर्षणपत्र बुझ्दै सम्बन्धित निकायमा पत्र पठाउने र प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय गर्न तयार रहेको बताउनुभयो ।
संस्कृत विश्वविद्यालयको ताला खुल्यो
नेपाल संस्कृत विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्घ सङ्गठनले लगाएका ताला खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घले विभिन्न मागहरू राख्दै तालाबन्दी गरेका थिए ।
कक्षा १२ को प्राप्ताङ्क चित्त नबुझे १५ दिनभित्र आवेदन दिन सकिने
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा आफ्नो प्राप्ताङ्क चित्त नबुझे १५ दिनभित्र आवेदन दिन सकिने छ ।