पोकली झरनाको विकासमा सरकारले ध्यान दिन्छ : शिक्षा मन्त्री
ओखलढुङ्गाको पोकली झरनाको संरक्षण र विकासमा सरकाले ध्यान दिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताउनुभएको छ ।
४० प्रतिशत छुटमा पुस्तक प्रदर्शनी
नेपाल प्रज्ञा प्रतिष्ठानले ‘हातहातमा पुस्तक’ पुर्याउने उद्देश्यसहित ४० प्रतिशत छुटमा पुस्तक प्रदर्शनी सुरु गरेको छ ।
पाठ्यपुस्तक दिवसकै दिन पारेर पुस्तक वितरण
विद्यार्थीले यस वर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । चैत ५ गते मंगलबार पाठ्यपुस्तक दिवसको अवसरमा विद्यार्थीलाई पुस्तक वितरण गरिएको महेन्द्र नमुना मावि खलङ्गाका प्रधानाध्यापक रामदत्त जोशीले बताउनुभयो ।
दिवा खाजा कार्यक्रम फलदायी : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सबल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक
विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यस वर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् ।
वैशाख १५ भित्र सबै विद्यालयमा पुस्तक
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख १५ गतेभित्र सबै विद्यालयमा पाठ्यपुस्तक पु-याइसक्ने दाबी गरेको छ। पुस्तक छपाइ तथा वितरणको काम अन्तिम चरणमा पुगिसकेको जनाउँदै केन्द्रले सरकारले भर्ना अभियान सञ्चालन गरेको समयभित्रै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
धनगढीका निजी विद्यालयले शुल्क वृद्धि गर्न नपाउने
धनगढी उपमहानगरपालिका भित्र रहेका निजी विद्यालयले चालु शैक्षिकसत्रमा शुल्क वृद्धि गर्न नपाउने भएका छन् ।
५९ जिल्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् ।
सहमति नहुँदा बाँकी क्याम्पसमा निर्वाचन हुन सकेन
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति सकिँदैछ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार चैत ५ गते निर्वाचन हुन नसकेका क्याम्पसमा थप एक महिनाको समयसीमा भित्र पनि निर्वाचन हुन नसकेपछि समय समापन हुन लागेको हो ।
विस्थापित भएको २३ वर्षपछि फर्कियो विद्यालय
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका –२ सितापुरमा बाढीले विस्थापित भएको विद्यालय पुनः स्थापना भएको छ ।
वैशाखभर भर्ना अभियान सञ्चालन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ ।
दुई संस्थालाई ‘फ्लाइङ स्कुल’ स्थापनाको अनुमति
नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन्।
हिन्दु विश्वविद्यालयको अवधारणा संस्कृति मन्त्रीलाई बुझाइयो
हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि बनेको कार्यदलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई सम्भाव्यता अध्ययनसहितको अवधारणा बुझाएको छ।
पाठ्यपुस्तक दार्चुला भित्रियो, विद्यार्थीको हातमा छिट्टै पुग्ने
शैक्षिकसत्र सुरु भएसँगै दार्चुलामा पाठ्यपुस्तक आइपुगेको छ । यसअघि नै स्थानीय तहहरूले पाठ्यपुस्तक खरिदका लागि विद्यालयको खातामा रकम निकासा गरिसकेका थिए ।
सुदूरपश्चिमको पहाडी चार जिल्लामा पुग्यो पुस्तक
सुदूरपश्चिम प्रदेशलाई आवश्यक पाठ्यपुस्तकमध्ये करिब ८० प्रतिशत पाठ्यपुस्तक प्रदेशमा आइपुगेको छ।
छोराछोरीलाई सरकारी विद्यालय
जिल्लाको महावै गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई सरकारी विद्यालयमा भर्ना गर्न बाध्यकारी निर्णय गरेको छ। चैत ३० गते सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले सरकारी विद्यालयमा अनिवार्य भर्ना गर्न निर्देशन दिएको छ। गाउँ शिक्षा समितिको गत फागुन २३ गते निर्णयअनुसार आगामी शैक्षिक सत्रमा जहाँ भए पनि छोराछोरीलाई फिर्ता ल्याएर पालिकाभित्रका सरकारी विद्यालयमा भर्ना गरी निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। शिक्षा अधिकृत मदनबहादुर शाहीद्वारा जारी सूचनामा शैक्षिक सत्र २०८० देखि अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने उल्लेख छ।
सेन्ट जेभियर्समा अझै भर्ना विवाद
नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न सकेको छैन। ललितपुर महानगरपालिकासँग विवाद बढेपछि सो स्कुलले गत चैत ९ गते वेबसाइटमा सूचना प्रकाशित गर्दै अनिश्चितकालका लागि भर्ना प्रक्रिया स्थगित भएको जनाएको थियो।
विद्यार्थीका हातहातमै पाठ्यपुस्तक
नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो । यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले आइतबारदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ ।
कालीकोटमा आइतबार किताब वितरण
कालीकोट जिल्लामा यसपालिका पाठ्पुस्तक आइतबारबाट वितरण सुरु हुने भएको छ । शैक्षिक सत्र सुरु भएको तीन दिनपछि जिल्लाको डिपोबाट किताब वितरण सुरु हुने भएको हो ।
ताप्लेजुङका आधा विद्यालयमा पुग्यो पाठ्यपुस्तक
हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको छ।
सरकारी विद्यालयमा बालबालिका पढाउन निर्देशन
कालीकोटको महावै गाउँपालिकाले सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पठन पाठन गराउने सूचना जारी गरेको छ ।
विद्यालयका तह समायोजन गर्दै स्थानीय तह
बैतडीका स्थानीय तहहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिकरुपमा टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ ।
आधारभूत तहको नतिजा कमजोर
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको आधारभूत तहको नतिजा कमजोर आएको छ । यहाँ सामुदायिक विद्यालयतर्फ ६ दशमलव ५५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । नगरपालिकाले प्रकाशन गरेको परीक्षाफलअनुसार सामुदायिक र संस्थागत विद्यालयका ८९ प्रतिशत विद्यार्थी फेल भएका हुन् ।
कर्णालीमा यो वर्ष पुस्तक अभाव नहुने
कर्णाली प्रदेशमा बर्सेनि पाठ्यपुस्तक अपुग हुने गरेको छ । गत वर्ष वार्षिक परीक्षाको समयसम्म पनि सबै विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको थिएन तर यस वर्ष भने विद्यार्थीलाई समयमै पुस्तक बाँड्ने गरी तयारी भएको छ ।