सिरुवा पर्व मनाइँदै
मैथलीमा भनिन्छ, भोरक पाइनसे सबकियो जुराई ! चैतक रिनहल वैशाख खाई !! यसको अर्थ बिहानको पानीले सबै जीव शीतल रहोस् र चैतमा पकाएको वैशाखमा खाऊ भन्ने पुरानो भनाइ छ।
दोलखामा रातो मच्छिन्द्रनाथको रथ यात्रा
दोलखाको भीमेश्वर नगरपालिका–२ मा पर्ने ऐतिहासिक सहर दोलखामा एकहप्ते रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न भएको छ । गत चैत २३ गते सुरु भएको यो जात्रा सहरका विभिन्न स्थानमा पु-याएर शुक्रबार सम्पन्न भएको हो। करिब पाँच सय वर्षअघि सुरु भएको मानिएको यो जात्रा चैत २३ गते दूधमा स्नान गराएर सुरु भयो। दोस्रो दिन अर्थात् चैत २४ गते पिङ्गल टोलमा रहेको रथमा रातो मच्छिन्द्रनाथको मूर्ति राख्ने परम्परा छ। यसपछि मात्रै रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ।
भैरव र भद्रकालीको रथ जुधाइयो
बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ लिङ्गो ढालेर सम्पन्न भएको छ। तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो।
नयाँ बर्षको अवसरमा कोप्चे फेस्टिवल
नेपाली नयाँ बर्षको अबसर पारेर धनकुटामा कोप्चे फेस्टिवल सुरु भएको छ । धनकुटा नगारपालिका –५ स्थित बिहीबारे हटियामा आजदेखि वैशाख ३ गते सम्म ३ दिन प्रथम कोप्चे फेस्टिवल सुरु भएको हो ।
वसन्तपुरमा पर्यटन महोत्सव र फोटो प्रदर्शनी
नयाँ वर्षको अवसरमा मल्टिमिडिया ग्रुपले काठमाडौं वसन्तपुरमा पर्यटन महोत्सवको आयोजना गरेको छ।
विश्व प्रसिद्ध बिस्केट जात्राको इतिवृत्ति
भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठरातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ ।
मौलाकाली केबलकार सञ्चालनमा, पाँच मिनटमै मन्दिर पुग्न सकिने
नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ।
सिरुवा पर्वको रौनक सुरु
नयाँ वर्ष २०८० प्रारम्भसँगै मोरङका विभिन्न क्षेत्रमा सिरुवा पर्वको रौनक सुरु भएको छ। राजवंशी र ताजपुरिया समुदायले मनाउने यो पर्व १५ दिनसम्म मनाउने चलन छ। कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका दक्षिणी गाउँमा मनाइने सिरुवा पर्व अचेल सांस्कृतिक रूपमा मनाउन थालिएको छ। विक्रम संवत्को नयाँ वर्षसँगै मोरङ र झापामा बस्ने अल्पसङ्ख्यक राजवंशी र ताजपुरियाको सिरुवा (पावनी) सुरु हुने गर्छ। भूमिपति राजवंशी र ताजपुरियाहरू मेला भर्न बर्सेनि घरखेत बेचेकै कारण अहिले भूमिहीन भएका बताइन्छ। परिवारबीच भेटघाट गर्ने, दैनिक भोजभतेर खाने र रमाइलो गर्ने चलनले भूमिहीन बनाएको राजवंशी समुदायका अगुवाहरू स्वीकार्छन्।
बिस्केट जात्रा (फोटो फिचर)
भक्तपुरको प्रशिद्ध बिस्केट जात्राको प्रमुख मानिने ५५ हात लामो विश्व ध्वजासहितको लिङ्गो ल्यासिंखेलमा बिहीबार राति हजारौँ जात्रालुको सहभागीतामा उठाएर जात्रा मनाइँदै।
बिस्का जात्राको फोटो प्रदर्शनी (फोटो फिचर)
बिस्का जात्रा तथा नयाँ वर्षको अवसरमा मध्यपुर थिमी नगरपालिका र मध्यपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा मध्यपुर थिमीमा हुने बिस्का जात्रा र जिब्रो छेड्ने जात्राको फोटो प्रदर्शनी गरिएको छ ।
महाशिवरात्रि मेलामा घोटाला भएको भन्दै कारबाहीका लागि अख्तियारलाई आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
बिस्का: जात्रा सुरु (फोटो फिचर)
आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्का: अर्थात् बिस्केट जात्रा सोमबारबाट सुरु भएको छ ।
मटिहानीस्थित लक्ष्मीनारायण मठ अभिभावक विहीन
नेपालको सबैभन्दा ठुलो राजगुठीको रूपमा चिनिने महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मठ अभिभावक विहीन भएपछि मठका कर्मचारीहरू समस्यामा परेका छन् ।
भक्तपुरमा आठ रात नौ दिन मनाइने बिस्काः जात्रा सुरु
भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु भएको छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्केट (बिस्काः) जात्रा सोमबार बिहानबाट सुरु भएको हो ।
वर्ष २०७९ : ‘संसदीय अभ्यास सन्तोषजनक’
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष पनि उत्साहपूर्ण नभई सन्तोषजनकमै सीमित रहन पुगेको छ ।
जुँगे महादेवको मन्दिर पुन : निर्माण
नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ ।
ठाउँको खोजीमा लोकबाजा सङ्ग्रहालय
लोपोन्मुख नेपाली लोकबाजा सङ्कलन गरेर संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको ‘नेपाली लोकबाजा सङ्ग्रहालय’ सार्न बारम्बार दबाब पर्न थालेको छ। बर्षौं लगाएर देशका विभिन्न भागमा पुगेर सङ्कलन गरिएका ती लोकबाजाले सुरक्षित र संरक्षित हुने स्थान पाउन सकेका छैनन्।
साँखु नगरमा जात्रा
बज्रयोगिनी जात्राको आइतबार मुल जात्रा भएको छ ।
बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्याल
भक्तपुर नगरपालिकाको आयोजनामा भोलिबाट सुरु हुने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन भक्तपुरको टौमढीमा आज सद्भाव सभाको आयोजना गरिएको छ ।
गुलरियाको प्रख्यात कोटही देवी मन्दिर
बर्दियाको गुलरिया नगरपालिका वडा नं ४ मा अवस्थित कोटही देवीको मन्दिर प्रख्यात मध्येको एक हो । यहाँ पहिला पिपलको ठुटाको फेदीमा शिला पत्र मात्र थियो। भक्तजनहरू त्यही शिला पत्रलाई कोटही देवी मानी पूजा अर्चना गर्दथे।
उपराष्ट्रपति यादवद्वारा जानकी मन्दिरमा विशेष पूजा
उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा शनिबार विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।
जीवित छ नेवाः संस्कृति (फोटो फिचर)
नेवा: संस्कृति काठमाडौँ उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौँ उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् । बागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् । नेवा: शब्दले कुनै नस्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ । नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौँ उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोबास उपत्यकामा रहँदै आएको पाइन्छ ।
संस्कृति जगेर्नामा युवा पुुस्ता
हराउँदै गएको झाम्रे, सालैजो तथा कौरा जोगाउन यहाँका युवा पुस्ता लागेका छन्। अघिल्लो पुस्तासम्म मगर समुदायमा लोकप्रिय हुँदै आएको झाम्रे, सालैजो तथा कौराको परम्परा लोप हुन थालेपछि यसको संरक्षण गर्न यहाँका युवा पुस्ता अभ्यासमा लागेका छन्।
चैते दशैँ किन मनाइन्छ
भाइबहिनी हो, तिमीहरू प्रायः सबैलाई दशैँ त थाहा नै होला । बडादशैँ अर्को चैत दशैँ भनेर जान्द छौ । चैतमा पनि दशैँ आउँछ र हामी मनाउँछौ पनि । त्यो दशैँलाई हामी चैते दशैँ भन्छौँ । वर्षमा दुई पटक दशैँआउँछ । अनि हामी प्रत्येक वर्ष दुई पटक नै मनाउँछाैँ पनि । एउटा बडादशैँ र अर्को सानो अर्थात् चैते दशैँ । भाइबहिनीहरू अब चैतै दशैँको सुरुवात कसरी भयो र किन मनाइन्छ भन्नेबारेमा जानकारी राखौँ है त । पुराना कथनका अनुसार पहिले पहिले मुख्य दशैँ चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुक्खा भएर खडेरी पर्ने, मौसमी बदलीका साथै दशैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दशैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।