नेपालगञ्जमा मनाइयो शान्ति र सदभावको पर्व ‘ईदुलफितर’
बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धुमधामका साथ शान्ति र सद्भावको महान पर्व ईदुल फितर शनिबार मनाएका छन् ।
बर्दियाको ठाकुर बाबा (विष्णु) मन्दिर
बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका वडा नं. ९ मा अवस्थित रहेको प्रख्यात ठाकुर बाबा मन्दिर । यस स्थललाई ठाकुर बाबा मध्यवर्ती धार्मिक वन पनि भनिन्छ।
घरका कथा (फोटो फिचर)
मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जङ्गली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरू कहाँ बस्थे होलान् ? बस्ने ठाउँ कस्ता हुन्थे होलान् ? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान् ? यी सबै कुराको बारेमा समाजशास्त्रीहरुको फरक–फरक मत छ । तर पनि मानिस कहिलेदेखि समाजमा बस्न थाल्यो अझै पनि खोजको विषय बनेको छ । घाम, पानी, हावा–हुरी जङ्गली जनावर शत्रुबाट बच्न वा अन्य जे कारणले भए पनि मानिसले घर बनाउन थालेको धेरै भयो ।
इदुल फित्र मनाइँदै (फोटो फिचर)
आज (शनिबार) इस्लाम धर्मावलम्बी मुस्लिम समुदायले इदुल फित्र पर्व मनाएका छन् । याे समुदायले एक आपसमा शुभकामना साटासाट गर्दै बिहानैदेखि पर्व मनाउन सुरु गरेका छन् ।
साझा देवता रातो मत्स्येन्द्रनाथ
संसारको सृष्टि गर्ने सृष्टिकान्त हुन् । सहकाल ल्याउने बुंगमतीका लोकेश्वर र सुख प्रदान गर्ने कनकमुनि लोकेश्वर हुन् भनी विश्वास गरिएको छ । यसमध्ये पद्मपाणि वा आर्यावलोकितेश्वरलाई नेपालभाषामा ‘बुंगद्यः’ भनिएको छ । बुंगमती ‘बंग’ शब्दको अपभ्रंश हो । माछाको मुखबाट निस्किएको भनी उनलाई मत्स्येन्द्रनाथ नामकरण गरिएको मानिन्छ । महायानी बौद्ध परम्पराअनुसार मत्स्येन्द्रनाथलाई अमिताभ बुद्धका रूपमा मानिन्छ । बौद्ध पुराणअनुसार आर्यावलोकितेश्वरलाई पद्मपाणिको रूपमा सम्बोधन गरिएको पाइन्छ भने हिन्दु कथनअनुसार बुंगद्यः, रातो मत्स्येन्द्रनाथ भनिन्छ र उनी सृष्टिकर्ता र सम्भारकर्ता हुन् । रातो मत्स्येन्द्रना
आज इदुल फित्र पर्व मनाउँदै
एक महिनाको व्रतपछि आज इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्र हुने भएको छ । एक महिना व्रत रोजा आज समाप्त हुने भएको हो ।
ईद पर्व (इदुल फित्र) को अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको इद (इदुल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ ।
रातो मच्छिन्द्रनाथ रथारोहण (फोटो फिचर)
‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ ।
पुस्तक समीक्षा : दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक
आजकल, कतिपय अध्येताले देशका जातजातिको जीवनशैलीलाई समेटेर अध्ययन गर्ने तथा कृति प्रकाशन गर्ने क्रममा मन्दी आएको विचार राख्दै आएका छन् ।
रुपन्देहीका ८ मस्जिदमा फलफूल वितरण
मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मस्जिदमा फलफूल वितरण गरिएको छ ।
मनाइयो मातातीर्थ औँसी
आमालाई साक्षात् भगवान्कै रूपमा वर्णन गरिँदै ‘मातृ देवो भव’ भनिएको छ । आमा त्यो हो, जसले शिशुलाई गर्भधारण मात्र गर्दिनन् उसको लालनपालनदेखि जीवनका हरेक उतारचढावमा निःस्वार्थ रूपमा सहभागी हुन्छिन् । तिनै आमालाई सम्झिने पर्वका रूपमा देशभरि बिहीबार मातातीर्थ औँसी मनाइएको छ ।
भक्तपुरको सेतु मानिने बिस्का : (बिस्केट) जात्रा
सांस्कृतिक एवं ऐतिहासिक महìवको बिस्काः (बिस्केट) जात्रा नेपालकै एक प्रमुख जात्राका रूपमा लिने गरिन्छ । काठमाडौँको इन्द्रजात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथ रथयात्रा र
बिस्केट जात्राको अन्तिम दिन : नासमना पुग्यो रथ
भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा मङ्गलबार मध्यरातिदेखि सम्पन्न भएको छ । गत चैत २७ गतेदेखि टौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्रा मङ्गलबार साँझ गःहिटीबाट पुनः भैरवको रथ तानेर मनाइएको हो ।
नगरभरिका देवदेवीलाई सगुन
बिस्काः जात्रा मनाउने क्रममा सोमबार भक्तपुरवासीले नगरभरिका देवदेवीलाई सगुन (द्यःयात संगःं बियेगु) चढाएका छन् । प्रत्येक वर्ष बिस्काः जात्राको क्रममा वैशाख ४ गते भक्तपुरवासी नगरका सबै मठमन्दिरमा बाजागाजासहित पुगेर सगुन चढाउने परम्परा रहेको छ । जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकुपटासी र दौरा सुरुवालमा सजिएर सांस्कृतिक मार्गबाट लामबद्ध भएर सगुन चढाएका थिए । सगुन चढाउनका लागि टोलटोलमा आ–आफ्ना द्यो छें (देवता घर) बाट देवतालाई निकाली चोक तथा डबलीमा राखिएको थियो । सगुनका रूपमा रक्सी, अन्डा, माछा, अदुवा, चामल, चिउरा, रोटीलगायत खाद्यसामग्री चढाएको थियो । भक्तपुर नगरभित्रका ४० भन्दा बढी स्थानमा यस्तो सगुन चढाइने स्थानीय श्यामकुमारी भासीमाईले जानकारी दिनुभयो ।
रातो मच्छिन्द्ननाथ रथकाे निर्माण
ललितपुर, वैशाख ४ गते। नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख ११ गते सुरु हुँदैछ । वैशाख ८ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ । नेवारी पात्रोको तीथिअनुसार मच्छिन्द्रनाथको रथ ‘पारु’ दिनदेखि निर्माण गर्न सुरु गरिन्छ । त्यसको निर्माण १५ दिनमा सक्नुपर्ने परम्परा रहेको निर्माणका सहायक नाइके प्रेम महर्जनले जानकारी दिनुभयो । मच्छिन्द्ननाथको महास्नानपछि बाराहीले रथ निर्माणको काम सुरु गर्ने गर्छन् । यसरी रथजात्रा सञ्चालनका लागि धेरै समूह र गुठी संलग्न भए पनि रथ निर्माणका लागि भने बाराही र ञवालले मात्र काम गर्ने महर्जनले बताउनुभयो। ‘महास्नानको भोलिपल्ट रथ निर्माण गर्ने स्थानमा खाल्डो खनिसकेपछि बाराहीहरुले रथमा रहने काठसम्बन्धी काम सुरु गर्छन’, उहाँ भन्नुहुन्छ, ‘याःक ख’ सम्मको काठको काम सकिसकेपछि ञवाले त्यसमा फेरि एक तल्ला थप्ने र बेत, डोरी, ‘लसी’ अर्थात् नेपाल भाषामा १६ वटा लामो काठ बनाउने कामलाई पूर्णता दिन्छन्। रथमा रहेको अधिकांश काठको काम बाराहीले गर्छन्। रथ बनाउने काममा ३५ जना खटिएका छन् । यसरी मच्छिन्द्ननाथको रथारोहणको दिन ‘बायम्व’ पनि राख्ने गर्छन्। भोटो जात्राको दिन ’ञवाल’ ले ‘बायम्व’को माथि रहेको स्वयम्भूनाथको मूर्ति निकालेपछि ‘बायम्व’ खसालिन्छ। त्यो खसालिएको ‘बायम्व’ घोप्टो परे पानी पर्ने र नपरेमा पानी नपर्ने धार्मिक विश्वास छ।तस्बिर : मनोजरत्न शाही
बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने
वैशाख शुक्ल औँसी अर्थात वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ ।
गाउँपालिकाले दियो पञ्चैबाजा
हुम्लाको खार्पुनाथ गाउँपालिकाले पञ्चैबाजा संरक्षणका लागि सहयोग गरेको छ । गाउँपालिकाले परम्परागत पञ्चैबाजाको संरक्षण र प्रवद्र्धनका लागि दलित बस्तीलाई पाँच प्रकारका बाजा उपलब्ध गराएको हो । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले दलित (दमाई) समुदायका लागि पञ्चैबाजा वितरण गरेर यसको संरक्षणमा लागेको बताउनुभयो । उहाँले गाउँपालिकाको लक्षित वर्गको कार्यक्रमबाट ती बाजा खरिद गरेर दलितलाई वितरण गरिएको जानकारी दिनुभयो । सबै वडाका दलितलाई बाजा वितरण गरिने गाउँपालिकाको योजना रहेको छ । खार्पुनाथमा दसवटा लक्षित बस्ती रहेका छन् ।
हिन्दु विश्वविद्यालयको अवधारणा संस्कृति मन्त्रीलाई बुझाइयो
हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि बनेको कार्यदलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई सम्भाव्यता अध्ययनसहितको अवधारणा बुझाएको छ।
भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा
नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का ।
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली शनिबार पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर भित्रिएको हो ।
संसारीमाई महापूजाको तयारी
सदरमुकाम जलेश्वरमा पाँच वर्षपछि हुन लागेको संसारीमाई महापूजाको तयारी सुरु भएको छ। जलेश्वरको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिर अगाडि रहेको वरुणसरको पूर्वी मुहारमा अवस्थित संसारीमाई मन्दिरका पुजारी महेन्द्र मुखियाले जेठ २६ गतेका लागि महापूजाको तिथि तय गरेपछि तयारी सुरु भएको हो। संसारीमाई महापूजा मूल समारोह समिति निर्माण गरेर साताव्यापी कार्यक्रम गर्ने गरी तयारी सुरु गरिएको समितिका अध्यक्ष अशोककुमार साहले जानकारी दिनुभयो। उहाँले जेठ २० गतेदेखि २६ गतेसम्म साताव्यापी कार्यक्रमको आयोजना गरी महापूजालाई भव्यता प्रदान गरिने बताउँदै यस कार्यक्रमबारे निर्णय भइनसकेको जानकारी दिनुभयो।
सुजनले पहिलो पटक छेड्नु भयो जिब्रो
यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गर्नुभएको हो । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इञ्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो ।
नेपालमा जात र धर्ममा मात्र होइन प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व सामु नेपाललाई प्रकृति र संस्कृतिले चिनाएको बताउनुभएको छ ।
मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै
मिथिलाञ्चलमा आज (शनिबार) हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्दछन् ।