• १३ साउन २०८१, आइतबार

काठमाडौं उपत्यकामा बिहीबार सार्वजनिक बिदा

blog

फाइल तस्विर ।

काठमाडौं, जेठ १० गते । भोटो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो ।   

गुठी संस्थानका प्रमुख लक्षुना शर्मा काफ्लेले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।  भोटो देखाउने समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुने कार्यक्रम रहेको छ । समारोहमा राष्ट्रपतिसँगै विभिन्न विशिष्ट व्यक्तिको उपस्थिति हुने संस्थानले जनाएको छ । 

बिहीबार साँझ ४:३० बजे जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइनेछ । 

बिहीबार बिहान बुङ्गमतीबाट मच्छिन्द्रनाथको भोटो ल्याइनेछ । यसरी जावलाखेलमा भोटो देखाइसकेपछि पुनः बुंगमतीमै पुर्‍याइनेछ ।