उभौली पर्वले नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छुः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
रातो मच्छिन्द्रनाथलाई क्रेनको टेको
सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई ढल्न नदिन क्रेनले अड्याउनुपरेको छ। निर्माण समयदेखि नै रथ बाङ्गो भएकाले जात्रा खर्च पनि बढेको छ। निर्माण कार्यमा प्रत्यक्ष संलग्न हुनेहरू रथ बाङ्गो निर्माण हुनुमा आफूहरूको दोष नरहेको तर्क गर्छन्। यता व्यवस्थापन हेर्ने निकायका पदाधिकारी भने आफूहरू अन्योलमा रहेको बताउँछन्।
पादुका त्रिवेणी धाम ओझेलमा
बाजुराको बूढीनन्दा नगरपालिकाको कर्णाली नदी र बड्डीगाडको बीचमा पर्ने धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पादुका त्रिवेणी धाम ओझेलमा परेको छ । परापूर्वकालमा निर्माण गरिएका मन्दिरहरू र धर्मशालाको अवशेष मात्र रहेका छन् । धार्मिक तथा पर्यटकीय स्थल भए पनि त्यसको प्रचारप्रसार र संरक्षण हुन नसकेपछि धाम ओझेलमा पर्दै आएको हो ।
पाथीभरामा दर्शनार्थीको भीड
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ । आज मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा ख्युङजोङलिङ गुम्बाको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिरीमा रहेको ङाग्युर येश्ये ख्युङजोङलिङ गुम्बाको उद्घाटन गर्नुभएको छ ।
गुर्जामा जीवित छ छन्त्याल संस्कृति (फोटो फिचर)
मौलिक कला संस्कृति र जीवनशैली गुर्जाको पहिचान हो । करिब ७ सय वर्ष पहिला खानी उत्खनन्को खोजी गर्दै छन्त्यालहरु जुम्लाको सिंजाबाट गुर्जा आएको भनाइ छ ।
पुर्ख्यौली नाच समूहलाई भेषभूषाका सामग्री प्रदान
जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जाका छन्त्यालहरूको पुर्ख्यौली नाच समूहलाई भेषभूषाका सामाग्री प्रदान गरिएको छ ।
धिमाल समुदायका जात्रीपर्व सुरु
आदिकालमा धिमाल जातिका युवाले एकापसमा आफ्नो जीवन साथी हेर्न जाने र मन मिले पान, सुपारी, छोकडा दिएर प्रेम प्रस्ताव राख्ने सांस्कृतिक परम्परा बोकेको जात्री पर्व मनाउने शैली आधुनिकतासँगै बदलिएको छ। जात्रीमा अचेल पान सुपारी, छोगडाभन्दा जेरी, मिठाई र परम्परागत चिचिरीभात, गेन्द्रो भन्दा आधुनिक खानाको व्यापार फस्टाउन थालेको छ। पहिलेपहिले धिमाल पुरुष आफ्नो पोसाकमा मेला भर्न आउँथे। अचेल जात्रीमा धिमाल पुरुष आफ्नो पोसाकमा देखिन छोडे। महिलाहरू परम्परागत पेटानीमा सजिएर आउँछन् तर पेटानी लगाउने महिलाको सङ्ख्या पनि घटेको छ।
बनेपामा चण्डेश्वरी जात्राको तयारी
बनेपामा चण्डेश्वरी जात्राको तयारी सुरु भएको छ । आगामी शुक्रबार हुने चण्डेश्वरी जात्राको तयारी गर्ने क्रममा मन्दिर रङरोगन र टोल तथा मन्दिर सरसफाइ गर्ने काम भइरहेको छ । बनेपालीले आस्था, विश्वास र महत्वका साथ मनाउने चाड चण्डेश्वरी जात्राका लागि बनेपामा रहेको चण्डेश्वरी मन्दिर र मन्दिर परिसर धुमधामसाथ हरेक वर्ष बेहुलीझैँ सिँगार्न थालिएको छ ।
बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै
काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी [वैशाख शुक्ल] पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ ।
‘मन्दिर परिसर ३० वर्ष यताकै सफा बनेको छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फागुन २७ गतेदेखि सुरु गरेको पशुपति क्षेत्र सरसफाइ अभियान ८ औँ हप्तामा पुगेको छ । मन्त्री सुदन किरातीसहित पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलगायत विभिन्न अभियानकर्ता शनिबार सरसफाइ अभियानमा सहभागी हुनुभयो ।
रुपन्देहीको मर्चवारमाई मन्दिर (फोटो फिचर)
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ५ को बोगडी गाउँमा रहेको प्रख्यात मर्चवारी माईको मन्दिर । यो देवीको मन्दिरलाई निकै नै पुरानो देवी मानिएको छ ।
कीर्तिपुरमा रमाउँदै
ऐतिहासिक र सांस्कृतिक धरोहरले भरिपूर्ण छ कीर्तिपुर । कतिपयले त कीर्तिपुर नेपालको अलग्गै जिल्ला पो हो कि भनेको यदाकदा सुन्न पाइन्छ । त्यसो त कीर्तिपुरको नाम नसुन्ने नेपाली विरलै पाइन्छन् । नेपालको पहिलो र सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा छ ।
सोई ढोले सोई...
हाम्रा स्वभाव प्रकृतिअनुसार बदलिरहन्छ । टहटह जून लागिरहेको बेला हाम्रो हृदय चन्द्रमाझैँ उज्ज्वल भएर चम्किन थाल्छ । बादलहरूले घेरिएको बेला हामी निराशामा डुब्न थाल्छौँ । असारको रिमझिम वर्षात्को बेला हाम्रो हृदय मुजुर भएर नाच्न थाल्छ । प्रकृति आफैँमा ध्वनिमय छ । हामी चौतर्फी ध्वनिले घेरिएका छौँ । ध्वनिमा सङ्गीत छ । प्रकृति आफँैमा सङ्गीतमय छ । हावाका सरसराहट, खोलाका कलकल, चराका कलकल, बिजुलीका गर्जन आफैँमा सङ्गीतमय छ ।
‘फुड फेस्टिभल’मा चौरासी व्यञ्जन
मैथिली कला संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि शुक्रबार जनकपुरधाम सांस्कृतिक महोत्सव तथा मैथिली फुड फेस्टिभल आयोजना गरिएको छ ।
आज राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) पर्व मनाइँदै
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवम् जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।
कार्यवाहक राष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पुत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनुभएको छ ।
रातो मच्छिन्द्रनाथको रथ यात्रा रोकियो
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ यात्रा आजका लागि रोकिएको छ । गुठी संस्थान शाखा कार्यालय ललितपुरले मच्छिन्द्रनाथको रथमा प्राविधिक कार्य गर्नुपर्ने भएकाले रथ जात्रा नहुने जानकारी गराएको हो ।
पाटन गा: बहाल पुर्याइयो रातो मछिन्द्रनाथको रथ (फोटो फिचर)
रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथलाई तानेर गाः बहाल पुर्याइएको छ । रथलाई पुलचोकबाट तानेर मङ्गलबार गाः बहाल पुर्याइएको हो ।
अलपत्र कनकमुनि बुद्धको प्रतिमा सहितको बगैँचा
तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको आरौराकोट नजिकै कनकमुनि बुद्धको प्रतिमा सहितको बगैँचा अलपत्र अवस्थामा रहेको छ ।
रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु
वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथ तानिएको छ।
महाभैरव जात्रा सुरु
ललितपुरको लुभुमा आइतबारदेखि महालक्ष्मी महाभैरव जात्रा सुरु भएको छ । अक्षय तृतीयाको दिनदेखि एक सातासम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजासहित टोलटोलमा खट बिसाउँदै नगर परिक्रमा गराउने चलन छ । महालक्ष्मी कुमारी, कुमारलाई एउटा खट र महाभैरव कुमारकुमारीलाई अर्को खटमा राखेर नगर परिक्रमा गराइन्छ । भगवती लाछी टोल, पिङ्ग टोल, देवीस्थान चौर, बसपार्क, नासल टोल क्वलाछी, नारायण देवल र घसी टोलमा घुमाइन्छ ।
अक्षय तृतीया पर्व मनाइँदै, पशुपतिमा दर्शनार्थीको भीड
आज अक्षय तृतीया । हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । जौ र चनाको सातु एवम् चिसो पानीको सर्बत ख्वाइँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ ।
धार्मिक महोत्सवको तयारी तीब्र
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा नौ दिनसम्म हुने धार्मिक महोत्सवको तयारी तीव्र बनाइएको छ । रेसुंगा संरक्षण समितिले वैशाख २३ गतेदेखि ३१ गतेसम्म आयोजना हुँदैछ ।