• ९ मंसिर २०८१, आइतबार

ज्यापु संस्कृति विकास कोषको भवन शिलान्यास

blog

काठमाडौं, वैशाख २३ गते । ज्यापु संस्कृति विकास कोषले काठमाडौं वडा नम्बर २४, हेंयपुननी, यट्खाटोलमा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्नुभएको छ।

उहाँले यटखा टोलमा बुबा गणेशमान सिंहको जन्मस्थल रहेको कारण भावनात्मक सम्बन्ध रहेको बताउनुहुँदै  संस्कृति तथा सम्पदाको संरक्षण सक्दो सहयोग गर्ने बताउनुभयो ।

विकास कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहको सभापतित्वमा सञ्चालित कार्यक्रममा बागमती प्रदेशका पूर्व पर्यटन तथा संस्कृतिमन्त्री दीपेन्द्र श्रेष्ठले ज्यापु संस्कृति नेपालको धरोहर रहेका बताउनुहुँदै मन्त्री हुँदा भवन निर्माणका लागि एक करोड रुपियाँ विनियोजन गरेको जानकारी गराउनुभयो । 

काठमाडाैँ महानगरपालिका भित्रका परम्परागत ६३ ज्यापु टाेलका नाइके, मूलगुरु, ज्यापु महागुथि नेपालका अध्यक्ष राजभाई जकमी, नारायण परिवार क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्य, कामपा वडा नं. २४का वडाध्यक्ष विनोद कुमार राजभण्डारीले मन्तव्य दिनुभयो । 

कार्यक्रममा कामपा वडा नं. १२ का वडाध्यक्ष बालकृष्ण महर्जन, कामपा वडा नं. १८ का वडाध्यक्ष न्हुँछेकाजी महर्जन, कामपा वडा नं‍. २३  का वडाध्यक्ष मचाराजा महर्जन, कामपा वडा नं‍. २५का वडाध्यक्ष राजेश डङ्गोल, ज्यापु महागुथि, काठमाडौं महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन को सहभागिता थियो ।

विकास कोषका महासचिव रमेश महर्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सन्तकुमार महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।