अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत
मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको वास्तविक भूमिका उजागर गर्ने गरी नेपाल उद्योग वाणिज्य महासङ्घले एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
सगरमाथा चुचुराेमा ३२५ आरोही
वसन्त ऋतुमा यो वर्ष हालसम्म ३२५ जनाभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए ।
नयाँ जहाज किन्दै नेवानि
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार देखिएको छ । पछिल्लो एक वर्षमा निगमले वित्तीय सुधार गरी थप जहाज खरिदको तयारी थालेको जनाएको छ ।
बुटवलमा रोजगार मेला हुँदै
बुटवलमा यही जेठ ९ र १० गते जब फेयर (रोजगार मेला) हुने भएको छ । उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा रोजगार मेला गर्न लागिएको हो ।
भृकुटीमण्डपमा छैटौँ नेपाल चेम्बर एक्स्पो (फोटो फिचर)
निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यले आजदेखि राजधानीमा छैटौँ ‘नेपाल चेम्बर एक्स्पो–२०२३’ आयोजना गरिएको छ ।
‘आर्थिक सङ्कटमा उदयपुर सिमेन्ट’
सरकारी स्वामित्वमा सञ्चालित उदयपुुर सिमेन्टले २०४९ सालदेखि व्यावसायिक रूपमा उत्पादन गर्न सुरु गरेको थियो । जापान सरकारको ऋण सहयोगमा स्थापना भई २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण भएको उदयपुुर सिमेन्टले गुणस्तरीय सिमेन्ट उत्पादन गरेर बजारमा बिक्री वितरण गर्दै आएको छ । निजी क्षेत्रबाट धेरै सङ्ख्यामा सिमेन्ट उद्योग स्थापना भएको प्रतिस्पर्धी बजारमा यसले आफनो छुुट्टै पहिचान बनाउन सफल भएको छ । उद्योगको वर्तमान अवस्था, उद्योगले भोग्नु परेको समस्या, उत्पादन, वितरणलगायतका विषयमा केन्द्रित रहेर कम्पनीका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेसँग गोरखापत्रका लागि लक्ष्मी सापकोटाले गरेको कुराकानीको अंश:–उदयपुुर सिमेन्टको वर्तमान अवस्था कस्तो छ ? २०७७ सालमा नियुक्ति भएर जाँदा खेरी उद्योग पूर्ण रूपमा बन्द रहेको थियो । तिर्नुपर्ने दायित्व ६५ करोडभन्दा बढी र अन्य नदेखिएका दायित्व गरेर एक अर्बभन्दा बढी रहेको थियो । सबैको सहयोगमा उद्योगलाई चलायमान अवस्थामा ल्याउन सफल भइयो । भर्खर आर्थिक वर्ष २०७८-७९ को वार्षिक साधारण सभा सकिएको छ । लोडसेडिङको समयमा गाउँमा बत्ती दिएर उद्योगले नै पैसा तिर्ने गरेको रहेछ । निःशुल्क बत्ती दिएर उद्योग सफल नहुने हुँदा लाइन काट्न पनि सफल भयाैँ । लामो समयदेखि नभएको आन्तरिक लेखापरीक्षण सुरुवात गरेका छौँ । आर्थिक वर्ष २०६३-६४ देखि आव २०७६-७७ सम्मको साधारण सभा सम्पन्न गराई उद्योगको सम्पूर्ण रेकर्ड कम्पनी रजिस्टारको कार्यालयमा अद्यावधिक गराएका छौँ । नेपाल सरकारको सेयरको सेयर लगत राख्ने काम गरेका छौँ । – सिमेन्ट उत्पादन र बजार मागको अवस्था के छ ?गत आर्थिक वर्षमा २१ लाख ७२ हजार ४१९ बोरा सिमेन्ट गरी बिव्रmी गरेका थियौैँ । त्यतिबेला चार-पाँच करोड नाफा कमाएका छौँ । रुस–युक्रेनको युद्धका कारण बजारमा कोइला अभाव भयो । पेट्रोलियम उत्पादनको मूल्य बढ्दै गयो । कोइला र डिजेलको मूल्य शतप्रतिशत बढ्यो । कर्मचारीको तलब १५ प्रतिशत वृद्धि भए पनि त्यसको प्रभाव २५ प्रतिशतसम्म पर्न गयो । लागत बढी, कर्मचारी धेरै, अन्य खर्च बढी भएकाले सिमेन्टको लागत बढ्न गयो । लागत बढेपछि सिमेन्टको मूल्य बढाउनुपर्ने हुुन्छ तर बजारमा सिमेन्टको माग न्यून हुुँदा मूल्य बढाउन सक्ने अवस्था रहेन । सिमेन्टको माग नहुुनुमा घरजग्गाको कारोबार न्यून हुुुनु हो । विकास निर्माणको काम नहुँदा खपतमा सिमेन्ट खपतमा कमी आएको छ । सिमेन्टको लागत मूल्य बढेकाले मूल्य बढाउनुुपर्ने अवस्था आयो । अन्य निजी क्षेत्रले उद्योगको ऋण धेरै भएकाले सिमेन्टको मूल्य घटाएर भए पनि बिक्री गरे तर हाम्रो उद्योगको ऋण नभएकाले मूल्य घटाएनौँ । अहिले बजारलाई निरन्तरता दिने तर पुुसअप गरेर बजारमा नजाने रणनीति लिएका छौँ । आर्थिक वर्ष २०७८÷७९ मा दैनिक सात हजार चार सय बोरा उत्पादन पुुर्यायौँ । हाल उद्योग पूर्ण रूपमा सञ्चालन ५० प्रतिशत क्षमतामा चलेको छ । उद्योगमा २० वर्ष पुुराना जिर्ण रहेका मेसिन फेर्ने, स्तरोन्नति र मर्मत गर्न सकियो भने मात्र उत्पादन गर्न सकिन्छ भन्ने देखियो । यसका लागि ५५ करोड ७५ बजेट आवश्यक पर्ने देखियो । उद्योगमा रकम नभएकाले नेपाल सरकारलाई ऋण दिएर अगाडि बढाउन अनुरोध गर्यौँ । – उद्योगको वित्तीय अवस्था कस्तो छ ?उद्योगको वित्तीय अवस्था राम्रो छैन । बजार माग कम भएकाले सिमेन्टको बिक्री अहिले ५० प्रतिशतमा झरेको छ । सिमेन्ट उत्पादन गर्ने भट्टीले उत्पादन गर्न सकेन । अहिले सिमेन्ट उत्पादन भइरहेको र प्रशस्त मात्रामा मौज्दात पनि छ । क्लिङ्कर उत्पादन रोकेका छौँ । उद्योगमा पुुरानो मेसिन भएकाले समस्या आइरहन्छ । उद्योगमा भएको मेसिन फेर्नका लागि उद्योग तथा वाणिज्य मन्त्रालयबाट बजेट पास पनि भइसकेको छ तर रकम उपलब्ध नहुुँदा उद्योग अहिले अप्ठ्यारो अवस्थामा छ । – निजी क्षेत्रबाट धेरै सिमेन्ट उद्योग सञ्चालन रहेकाले प्रतिस्पर्धी बजारमा कसरी उपस्थित हुनुुहुन्छ ?उद्योगलाई प्रतिस्पर्धी बनाउन पुरानो मेसिन बनाउन रकमको व्यवस्था गर्नुपर्छ । उगका सेयरधनी अर्थ मन्त्रालय र उद्योग मन्त्रालयले लगानी गर्नुपर्छ । ३० वर्ष पुरानो जीर्ण अवस्थामा रहेको मेसिन फेर्नुपर्छ । मेसिन नयाँ ल्याएपछि दैनिक १५ देखि १६ हजार बोरा सिमेन्ट उत्पादन गर्न सक्छौँ । क्षमता अनुुसार सिमेन्ट उत्पादन गर्न सकियो भने उद्योग नाफामा जान्छ ।त्यसका लागि सरकारले ५५ करोड ७५ लाख रुपियाँ लगानी गर्नुपर्छ । सरकारले दिएको रकम तीन वर्षभित्र फिर्ता गर्छौं । कर्मचारीलाई दिनुुपर्ने दायित्व छ । १५ करोड रुपियाँ कर्मचारीलाई दिनुु पर्दा उद्योग घाटामा गएकाले पनि उद्योग अहिले ऋणात्मक अस्थामा रहेको छ । उद्योगलाई सबलीकरण गर्ने बजेटको व्यवस्था गर्नुपर्छ । – उदयपुुर सिमेन्टको गुणस्तरको अवस्था कस्तो छ ?सिमेन्टको गुणस्तर उच्च रहेको छ । उद्योगबाट २७ किलोमिटर टाढा रहेको सिँजाली भन्ने डाँडोमा एउटै ढुङ्गा तलदेखि माथि सम्म छ । म्याग्नेसियम अक्साइट क्याल्सियम अक्साइट उच्च गुणस्तरको छ । – उद्योगलाई निजी क्षेत्रसँग प्रतिस्पर्धी बन्न के गर्नुपर्ने देख्नुु हुन्छ ?यस उद्योगलाई यथास्थितिमा राखी अपग्रेडिङ गरेर संरक्षण गर्नुुपर्छ । धादिङको सुकौरामा खानीनजिक ५५० रोपनी जग्गा रहेको छ । निजी सार्वजनिक साझेदारी (पिपिपी) मोडलमा सञ्चालन गर्ने र त्यसलाई चाहिने कच्चा पदार्थ नयाँ उद्योगले व्यवस्थापन गर्न सकियो भने उद्योगलाई प्रतिस्पर्धी बनाउन सकिन्छ ।
सूचना प्रविधिको प्रयोग व्यापक बनाउन जोड
डिजिटल सेवाको पहुँच हुने र नहुनेबिचको खाडल बढ्दै गएकाले त्यसलाई कम गर्न लक्ष्य निर्धारण गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभएको छ ।
सुनकोसी–३ जलविद्युत् संयुक्त कम्पनी स्थापनाको सहमति
६८३ मेगावाटको सुनकोसी –३ जलाशय जलविद्युत् आयोजना निर्माणका लागि नेपाल र बङ्गलादेशबीच संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको छ ।
इन्टरपोलको सय वर्ष यात्रामा नेपाल प्रहरीले सगरमाथाको चुचुरोमा फहरायो झन्डा
अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सदस्यता प्राप्त गरेको १००औँ वर्ष पुगेको अवसरमा नेपाल प्रहरीले इन्टरपोल र नेपाल प्रहरीको झन्डा सगरमाथाको चुचुरोमा पुर्याएको छ ।