अटो व्यवसायीद्वारा विरोध प्रदर्शन
सरकारले आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरे पनि गाडी बिक्री हुने वातावरण नभएको भन्दै अटोमोबाइल व्यवसायीले आन्दोलन जारी राखेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अगुवाइमा बिहीबार काठमाडौँको माइतीघरमा अटो व्यवसायीले कालोपट्टी बाँधेर सरकार र नेपाल राष्ट्र बैङ्कविरुद्ध नाराबाजी गरेका थिए । बैङ्कले ब्याजदर घटाउनुपर्ने, चालू पुँजी कर्जा मार्गदर्शन स्थगन गर्नुपर्नेलगायत माग राखेका छन् ।
गुणस्तरीय काम गर्न आग्रह
सहरी विकासमन्त्री मेटमणि चौधरीले जनताको पक्षमा समयमै गुणस्तरीय तरिकाले काम सक्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायबीचको सहकार्य आवश्यक भएको बताउनुभएको छ । सरकार र निर्माण व्यवसायी मिलेर अगाडि बढेमा मात्र भौतिक पूर्वाधारका ठूला योजना निर्माण हुन सक्ने धारणा मन्त्री चौधरीले व्यक्त गर्नुभयो ।
सुनको मूल्य चार सयले बढ्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ ।
अगाडि बढ्यो हेजिङ प्रक्रिया
लामो समयको चर्चा र प्रतीक्षापछि सरकारले ‘हेजिङ’सम्बन्धी काम गर्ने संस्थालाई अनुमति दिने प्रक्रिया अगाडि बढाएको छ । अर्थ मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै ‘हेजिङ’ सुविधा प्रदान गर्ने संस्थाका रूपमा काम गर्न चाहने संस्थालाई प्रस्ताव पेस गर्न सूचित गरेको हो । हेजिङ नियमावली, २०७९ अनुसार नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैङ्क वा वाणिज्य बैङ्कले हेजिङ सुविधा प्रदान गर्न सक्छन् ।
सुन चाँदीको मूल्य स्थिर
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ ।
अर्थतन्त्र सुधार्ने प्रतिबद्धता
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी प्रतिनिधिमण्डलसँग मङ्गलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैङ्कसँग छलफल गरी समाधान निकाल्ने बताउनुभयो । त्यस्तै उहाँले यस विषयमा निजी क्षेत्रसहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिबद्धता पनि जनाउनुभयो ।
सुनको मूल्य घट्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ ।
कुहिएर जान्छ ७५ प्रतिशत
कर्णाली प्रदेशमा स्याउ उत्पादन धेरै हुने भए पनि बजारको अभाव, यातायातको असुविधा, महँगो हवाई ढुवानी र चिस्यान केन्द्रको अभावले बजार पाइरहेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आव २०७७/७८ मा मुलुकभर १३ हजार ४६३ हेक्टर क्षेत्रफलमा ४८ हजार ६११ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन सबैभन्दा धेरै कर्णाली प्रदेशमा हुन्छ । सो आर्थिक वर्ष कर्णाली प्रदेशको डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, रुकुमपश्चिम, सल्यान, जाजरकोट, दैलेख जिल्लामा नौ हजार ३७७ हेक्टर क्षेत्रफलमा ३१ हजार १०२ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अन्य प्रदेशमा पनि स्याउ थोरै उत्पादन हुने भए पनि मधेश प्रदेशमा हुँदैन ।
जनवरीदेखि सुरु हुँदै फाइभजी
नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी तयारी भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । “जनवरीदेखि सर्वसाधारणलाई फाइभजी सुविधा दिने पूर्वतयारीअनुसार नै काम भइरहेको छ,” उहाँले भन्नुभयो ।
सुनको मूल्य प्रतितोला ९९ हजार नौ सय
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ ।
कैलाली र कञ्चनपुरमा विद्युतीय पूर्वाधार विस्तार गरिँदै
नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने जनाएको छ । सो क्षेत्रमा विद्युत् आपूर्ति सुधार र खपत विस्तारका लागि प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्न लागिएको प्राधिकरणले जनाएको छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर, धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायतका सहरी क्षेत्रका उपभोक्ताले न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या भोग्दै आएका छन् । सो क्षेत्रमा माग बढी हुने तर ३३ केभी लाइनको पूर्वाधार मात्र भएकाले उच्च माग थेग्न नसक्ने अवस्था छ ।
पचास हजार मेट्रिक टन मल आयात गरिँदै
कृषि सामग्री कम्पनी लिमिटेडले थप ५० हजार मेट्रिक टन मल आयात गर्ने तयारी गरेको छ । कम्पनीले ग्लोबल टेन्डर आह्वान गरेर २० हजार मेट्रिक टन डीएपी र ३० हजार मेट्रिक टन युरिया गरी ५० हजार मेट्रिक टन ल्याउन लागेको हो । अबको केही दिनमै यससम्बन्धी सम्झौता गर्न लागिएको कम्पनीले जनाएको । मल आपूर्तिका लागि गरिएको ग्लोबल टेन्डरबाट स्विस सिङ्गापुर कम्पनी छनोट भइसकेको छ । कम्पनीका निमित्त प्रबन्धक राजेन्द्र कार्कीले तीनवटा कम्पनीले बोलपत्रमा सहभागी भएकामा स्विस सिङ्गापुर कम्पनी छनोट भएको जानकारी दिनुभयो । “एक/दुई दिनभित्रै सम्झौता गरेर प्रक्रिया अगाडि बढाइनेछ,” उहाँले भन्नुभयो ।
पेट्रोलियम पदार्थको मूल्य नघट्ने
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ ।
जफत रङ नष्ट गर्न ढिलाइ
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कात्तिकको दोस्रो साता जफत गरेको ठूलो परिणामको ‘एसियन पेन्ट्स’ अहिलेसम्म नष्ट गर्न सकेको छैन । विभागले वातावरण विभाग र महानगरको अनुमति लिएर मात्रै नष्ट गर्नुपर्ने र अनुमति लिने प्रक्रियागत ढिलाइले गर्दा जफत गरेको पेन्ट्स एक महिनासम्म पनि नष्ट गर्न नसकेको स्वीकार गरेको छ । विभागका अनुसार म्याद गुज्रेका र रिलेबलिङ गरेका एक करोड आठ लाख ८० हजार रुपियाँ बराबरका रङ जफत गरी नियन्त्रणमा लिएको थियो ।
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा साढे आठ अर्ब
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपियाँ नाफा कमाएको छ । आव २०७९/८० को साउनदेखि असोजसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपियाँ आम्दानी गरेको छ । यो अवधिमा २४ अर्ब ४८ करोड खर्च गरी आठ अर्ब ५० करोड रुपियाँ (करअघि) नाफा भएको प्राधिकरणले जनाएको हो ।
पाँच सयले बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ ।
अर्थतन्त्र दलदलमा फस्ने चेतावनी
नेपाल उद्योग परिसङ्घले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अर्थतन्त्रका विद्यमान समस्या सम्बोधन गर्न नेपाल राष्ट्र बैङ्क चुकेको जनाएको छ । वाणिज्य बैङ्कको औसत ब्याजदर अन्तर ४.४ बाट ४ प्रतिशत तथा विकास बैङ्क र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्ने, भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पु¥याउने र तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गरिने भने पनि यसले मात्रै उद्योगी व्यवसायीको समस्या समाधान नहुने परिसङ्घले जनाएको हो । ‘यसको ठोस कदमको अभावमा उद्योगी व्यवसायीको समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा चुकेको छ,’ परिसङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दुई सयले बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. दुई सयले बढेको छ । मङ्गलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार छ सय तोकिएको हो ।
तालिम रकममा छैन आकर्षण
वैदेशिक रोजगारीमा जान चाहने महिलालाई सीपमूलक तालिममा आकर्षित गर्ने उद्देश्यले सरकारले उपलब्ध गराइरहेको रकमप्रति आकर्षण कम हुने गरेको छ । अभिमुखीकरण तालिम लिएबापत प्राप्त गर्ने रकम थोरै भएको र लिने प्रक्रियामा पनि झन्झटिलो भएकाले उक्त रकमप्रति महिलाको आकर्षण नभएको हो ।
चोभार बन्दरगाह अब ‘लजिस्टिक हब’
काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाहलाई ‘लजिस्टिक हब’का रूपमा विकास गरिने भएको छ । लामो समय प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि बन्दरगाहको पूर्वाधारलाई प्रयोगमा ल्याउन ‘लजिस्टिक हब’ बनाउन लागिएको हो । गत चैत २२ देखि औपचारिक रूपमा सञ्चालनमा आएको सो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार सञ्चालनमा आएदेखि हालसम्म बन्दरगाहमा ७५ वटा कन्टेनरमा सामान भित्रिएका छन् भने दुई कन्टेनर सामान निर्यात भएका छन् ।
१९ औं हस्तकला व्यापार मेला मङ्सिर २३ गतेदेखि
यही मङ्सिर २३ गते शुक्रबारदेखि २७ गते मङ्गलबारसम्म राजधानीमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा सो मेला हुन लागिएको हो । बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने मेलामा हस्तकलाका वस्तुहरुको १५० वटा स्टल रहनेछन् ।
राष्ट्रिय अपाङ्ग महासङ्घको नवौं महाधिवेशन नेपालगञ्जमा शुरु
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नवौँ महाधिवेशन मङ्गलबार नेपालगन्जमा शुरु भएको छ । नेपालगन्जको बालेगाउँमा मंगलबारदेखि शुरु भएको महासंघको सो राष्ट्रिय महाधिवेशनको तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासका मुख्य न्यायाधीश डा. रत्न बागचन्दले उद्घाटन गर्नुभयो ।
सुनको मूल्य घट्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. एक सयले घटेर रु ९७ हजार चार सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार पाँच सयमा कारोबार भएको थियो ।
मधेशमा प्रसारण सञ्जाल विस्तार गरिँदै
नेपाल विद्युत् प्राधिकरणले मधेश प्रदेशमा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण लाइन निर्माण गर्ने भएको छ । सन् २०५० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएका ती प्रसारण लाइन बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायत जिल्लाका दक्षिणी भेगको अहिले र पछि हुने माग पूरा गर्न निर्माण गर्न लागेको हो । बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब तीन हजार दुई सय र जनकपुर क्षेत्रमा आठ सय मेगावाट विद्युत् खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिनेछन् ।