मौद्रिक नीतिबारे छलफल
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग परिसङ्घका पदाधिकारीले भेट गरी मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीतिलगायतका विषयमा छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा मुलुकको पछिल्लो आर्थिक अवस्था, बजेट कार्यान्वयन र आगामी आर्थिक वर्षको मौद्रिक नीतिलगायतका विषयमा कुराकानी भएको परिसङ्घले जनाएको छ ।
कर्जा–निक्षेप अनुपात ९५ प्रतिशत बनाउन सुझाव
कर्जा निक्षेप अनुपात (सीडी रेसियो)को निर्धारित सीमाभित्र रहन सकस महसुस गरेपछि बैङ्क तथा वित्तीय संस्थाका सञ्चालकले कर्जा निक्षेपको अनुपातलाई नै संशोधन गर्न सुझाएका छन् । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षका लागि कसिलो मौद्रिक नीति ल्याउने अनुमान गर्दै यस्तो रेसियो ९० बाट ९५ प्रतिशत पु-याउनुपर्ने माग गरेका छन् ।
सोमबारदेखि एकीकृत कारोबार
नबिल बैङ्क लिमिटेडले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरी आगामी सोमबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ । एकीकृत वित्तीय कारोबार सुरु गरेसँगै नेपाल बङ्गलादेश बैङ्कको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयले सोमबारदेखि नबिल बैङ्कको कार्यालयका रूपमा कारोबार सञ्चालन गर्ने नबिल बैङ्कले जनाएको छ ।
प्रदेश १ मा बढ्दै वित्तीय संस्थामा पहुँच
एक वर्षको अवधिमा प्रदेश १ मा बैङ्क खाता खोल्नेको सङ्ख्या २८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको नौ महिना (चैत)सम्ममा बैङ्क तथा वित्तीय संस्थामा खोलिएका खाताको सङ्ख्या १२ लाख ७६ हजार ५२६ पुगेको हो ।
राजापुरमा एभरेस्ट
एभरेस्ट बैङ्क लिमिटेडले बर्दियाको राजापुरमा आफ्नो ११७औंँ शाखा सञ्चालनमा ल्याएको छ । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारू र एभरेस्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बुधबार सो शाखाको संयुक्त उद्घाटन गर्नुभयो ।
एनएमबीद्वारा पुनःनिर्माण
एनएमबी बैङ्कले वीरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुनः संरचना÷सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरू खुला चौरमै पढन बाध्य थिए । एक कार्यक्रममा बैङ्कले चारवटा कोठाको पुनः निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
सानिमा र अन्नपूर्णबीच समझदारी
सानिमा बैङ्कका ग्राहकहरूले अन्नपूर्ण केबलकारको टिकट किन्दा छुट पाउने भएका छन् । छुटसम्बन्धी सानिमा बैङ्क र अन्नपूर्ण केबलकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारीअन्तरर्गत बैङ्कका ग्राहकहरूले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैङ्कको मोबाइल बैङ्किङबाट रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको बैङ्कले जनाएको छ ।
ट्रेजरी बिलमा दोहोरो अङ्कको ब्याजदर
झन्डै २५ वर्षपछि नेपाल राष्ट्र बैङ्कले जारी गरेको ट्रेजरी बिलमा दोहोरो अङ्कले ब्याजदर निर्धारण भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत नेपाल राष्ट्र बैङ्कले सोमबार बिक्री गरेको ट्रेजरी बिलमा २८ दिन अवधिको १०.३४ प्रतिशत, ९१ दिन अवधिको ११.०६ प्रतिशत, १८२ दिन अवधिको ट्रेजरीको १०.९६ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको १०.४७ प्रतिशत ब्याजदर रहेको हो ।
मोबाइल बैङ्किङ एपमा स्तरोन्नति
एनआईसी एसिया बैङ्कले ओम्नी च्यानल एप प्रणालीमा आधारित मोबाइल बैङ्किङ एपको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्र्ट बैङ्क’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैङ्किङ सेवा तथा सुविधा क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैङ्कले ओम्नी च्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैङ्किङ सेवा प्रयोग गर्न मिल्ने हिसाबले बैङ्कमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको हो ।हालका एनआईसी मोबैङ्क प्रयोगकर्ताले वर्तमान एपलाई अपडेट गरी ओम्नी च्यानल एपमा स्तरोन्नति गर्न स