• १७ जेठ २०८१, बिहिबार

सानिमा र अन्नपूर्णबीच समझदारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २२ गते । सानिमा बैङ्कका ग्राहकहरूले अन्नपूर्ण केबलकारको टिकट किन्दा छुट पाउने भएका छन् । छुटसम्बन्धी सानिमा बैङ्क र अन्नपूर्ण केबलकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारीअन्तरर्गत बैङ्कका ग्राहकहरूले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैङ्कको मोबाइल बैङ्किङबाट रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको बैङ्कले जनाएको छ ।