• ७ जेठ २०८१, सोमबार

मौद्रिक नीतिबारे छलफल

blog

तस्बिर सौजन्य : नेपाल उद्योग परिसङ्घ प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको टोली ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग परिसङ्घका पदाधिकारीले भेट गरी मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीतिलगायतका विषयमा छलफल  गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा मुलुकको पछिल्लो आर्थिक अवस्था, बजेट कार्यान्वयन र आगामी आर्थिक वर्षको मौद्रिक नीतिलगायतका विषयमा कुराकानी भएको परिसङ्घले जनाएको छ । 

परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले मुलुकको समग्र आर्थिक विकासका लागि सरकारले लिएका आर्थिक नीति, कार्यक्रममा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।