प्राइमले ल्यायो १० गुणासम्म वृद्धि हुने मुद्दती खाता सञ्चालनमा
प्राइम कमर्सियल बैंक लिमिटेडले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
रावा बैङ्कको फुल डबल मुद्दती योजना
राष्ट्रिय बैङ्क लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम छ वर्ष सात महिना २३ दिनमा दुई गुणा हुनेछ । सो अवधिको अन्त्यमा बैङ्कले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्ने जनाएको छ । योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् ।
ग्लोबल आईएमईको काउन्टर
ग्लोबल आईएमई बैङ्कले लमजुङको मध्यनेपाल नगरपालिका–३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैङ्कले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैङ्किङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
नेपाल बैङ्कको डबल धमाका मुद्दती खाता
नेपाल बैङ्क लिमिटडले नेपाल बैङ्क डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम छ वर्ष चार महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा सात वर्ष तीन महिनामा दुई गुणा हुने बैङ्कले जनाएको छ ।
शाखारहित बैङ्किङ सेवा विस्तार
सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिका–८, देउसा बुडिडाँडामा लक्ष्मी बैङ्कको शाखारहित बैङ्किङ सेवा विस्तार भएको छ । सो गाउँपालिकाको वडा नं. ७ र ८ को सामाजिक सुरक्षा भत्तालगायत अन्य वित्तीय सुविधालाई ध्यानमा राखेर शाखारहित बैङ्किङ सेवा सुरु गरिएको वडाध्यक्ष राजेश राईले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष असीम राईले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउने प्रयास भइरहेको बताउनुभयो । सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउने गरी बैङ्किङ प्रणाली लागू गरेको भए पनि भौगोलिक हिसाबले समस्या आएको उहाँले बताउनुभयो ।
एक वर्षमा स्रोत नखुलेको एक करोड बयानब्बे लाख रुपियाँ बरामद
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले एक वर्षको अवधिमा स्रोत नखुलेको एक करोड ९२ लाख ६५ हजार ३२० रुपियाँ बरामद गरेको छ ।
ब्रान्ड एम्बेसडरमा मिस नेपाल
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनका लागि मिस नेपाल वल्र्ड–२०२२ प्रियङ्कारानी जोशीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । बैङ्क र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गर्नुभयो ।बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कले प्रवाह गरिरेको बैङ्किङ सेवाबारेमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न मिस नेपाललाई नियुक्त गरिएको बताउनुभयो ।
‘मौद्रिक नीति कार्यान्वयन चुनौतीपूर्ण’
बैङ्क तथा वित्तीय संस्थाका लगानीकर्ताले नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७९/८० का लागि जारी गरेको मौद्रिक नीतिका प्रावधानको कार्यान्वयन चुनौतीपूर्ण रहेको ठहर गरेको छ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ (सीबीफीन)ले मङ्गलबार एक विज्ञप्ति जारी गरी मौद्रिक नीति बार त्यस्तो ठहर गरेको हो ।
सिद्धार्थ बैङ्क सम्मानित
सिद्धार्थ बैङ्क लिमिटेड बैङ्किङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष सन् २०२०÷२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि सो अवार्ड प्रदान गरेको हो ।