सिद्धार्थ बैङ्क तीन अर्बभन्दा बढी नाफामा
सिद्धार्थ बैङ्क लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्बभन्दा बढी खुद मुनाफा आर्जन गरी सेयरधनीलाई २५.७१ प्रतिसेयर आम्दानी दिएको छ । १२ अर्ब ५२ करोड रुपियाँ चुक्ता पुँजी र २१ अर्ब ९१ करोड रुपियाँ कुल इक्विटी रहेको बैङ्कले आर्थिक वर्ष २०७८/७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल दुई अर्ब ९० करोडभन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पु-याएको जनाएको छ ।
औद्याेगिक क्षेत्रमा जग्गा मात्र ओगट्नेलाई कारवाही
मधेश प्रदेशको एक मात्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र भित्र वर्षो देखि जग्गा मात्र ओगटेर उद्योग सञ्चालन नगर्ने उद्योगीहरुलाई कारवाही प्रक्रिया अघि बढाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा लिएर उद्योग सञ्चालन नगर्नेहरुलाई कारवाही गर्न केन्द्रीय कार्यालय वालाजुलाई पत्राचार गरेको छ ।
टिपताला नाका तीन वर्षदेखि बन्द
ताप्लेजुङको उत्तरी टिपताला नाका विगत तीन वर्षदेखि बन्द रहेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको उक्त नाका बन्द भएको हो ।
बढ्यो रावा बैङ्कको खुद मुनाफा
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आव २०७८/७९ मा पाँच अर्ब २१ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष बैङ्कको खुद मुनाफा तीन अर्ब ७९ करोड रुपियाँ मात्रै थियो ।
कोसी करिडोर प्रसारण लाइनसहित २२० केभी भोल्टका तीनवटा सबस्टेसन सञ्चालन
नेपाल विद्युत प्राधिकरणले एकै दिन २२० किलो भोल्ट (के.भि.) का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ ।
४९ लाखसहित धावा पक्राउ
प्रहरीले स्रोत नखुलेको रु ४९ लाखसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ भृकुटीचोकस्थित सडकखण्डमा विहीबार सवारीसाधन जाँच गर्ने क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार गोरखा घर भई काठमाडौँ तीनचुली बस्ने धावा घ्याल्चेन पक्राउ परेको प्रहरीले जनाएको छ ।
बन्द खरी उद्योग चलाउन माग
हाल बन्द रहेको नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी पुनः सञ्चालनमा ल्याउन स्थानीयवासीले माग गरेका छन् । यो उद्योग करिब चार दशकअघि दोलखाको भीमेश्वर नगरपालिका–९ मा सञ्चालनमा आई १० वर्ष सञ्चालन भएर बन्द रहेको छ । ८० वर्षे आयोजना भनिएको यो उद्योग सञ्चालनमा सरकारको स्पष्ट र स्थिर नीति नभएको भन्दै स्थानीयवासीले पुनः सञ्चालनमा ल्याउन आवाज उठाएका हुन् ।
कर्जाको विस्तार कम हुँदैमा आर्थिक वृद्धिको गतिलाई असर पर्दैनः कार्यकारी निर्देशक श्रेष्ठ
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । हाल विदेशी मुद्रा सञ्चिति संकुचन भइरहेको र मुद्रास्फिति आकासिएको अवस्थामा मौद्रिक नीति सार्वजनिक हुँदा विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।
प्राइमको धनवृद्धि खाता
प्राइम कमर्सियल बैङ्क लिमिटेडले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको छ । प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि